साइनो समाचारदाता
पाँचथर । ‘स्वास्थ र राष्ट्रको लागि खेलकुद सिर्जनशील सर्जकहरुको लागि साहित्य’ भन्ने मूल नाराका साथ पाँचथर बहुमुखी क्याम्पसमा कविता प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्लाको मुकाममा अवस्थित क्याम्पसको स्नातक तह मानविकी संकायको आयोजनामा कवितासहित दिवसीय भलिबल र छेलो प्रतियोगिता सम्पन्न भएको हो । कविता तर्फ जानुका बोहोरा प्रथम, नितिज आङ्बो दोस्रो र रीता मिश्र तेस्रो भएका थिए ।
















