तिम्बुङ पोखरीको विवाद, वार्ता निष्कर्षविहीन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

तिम्बुङ पोखरीको विवाद, वार्ता निष्कर्षविहीन

साइनो समचारदाता

ताप्लेजुङ । पान्थर र ताप्लेजुङको सिमानामा रहेको तिम्बुङ पोखरी परिसरमा निर्माण गरिएको मन्दिर अन्यत्रै सार्नुपर्ने आन्दोलनकारीहरूले अडान राखेपछि त्रिपक्षीय वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । स्थानीय सरकार, मन्दिर निर्माण समिति र आन्दोलनकारी सङ्गठनहरूबीच सहमति नभएपछि विवाद समाधान नभएको हो ।

मङ्गलबार दिउँसो फुङलिङस्थित जिल्ला प्रशासन कार्यालयमा बसेको वार्तामा तिम्बुङ पोखरी परिसरमा बनेको हिन्दू मन्दिरलाई स्थानान्तरण गर्नुपर्ने आफूहरूको मागबारे स्थानीय सरकार र प्रशासन गम्भीर नभएपछि वार्ता बिथोलिएको लिम्बुवान स्प्रिङ आन्दोलनका अभियन्ता सुमन सहयात्रीले जानकारी दिए । ‘विष्णु मन्दिरलाई पोखरी क्षेत्रबाट हटाउनुपर्ने मागमा कुरा नमिलेपछि वार्ता निष्कर्षमा पुगेन,’ उनले भने, ‘हाम्रो मूल मागमा सहमति नभएपछि हामी पछाडि नहट्ने अडान राखेर उठ्यौँ ।’ वार्ताको सहजीकरण प्रमुख जिल्ला अधिकारी झरेन्द्र निरौलाले गरेका थिए । स्थानीय सरकारका तर्फबाट सिदिङ्बा गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरिया र उपाध्यक्ष विष्णु ताम्लिङ, चुम्लुङ जिल्ला अध्यक्ष प्रेम सेलिङ सहभागी थिए । त्यस्तै, राजनीतिक दलबाट नेकपा जिल्ला अध्यक्ष विजय किराती, सङ्घीय लिम्बुवान मञ्च जिल्ला अध्यक्ष भूपेन्द्र माबो सामेल थिए ।

यसैगरी, वार्ताका एक सहभागी बेघा थोबोजुम्का महासचिव मङ्गल बेघाले वार्तामा आन्दोलनकारीहले राखेको मागबारे मन्दिर निर्माण गर्ने गम्भीर नभएकोले छलफलले निचोड निकाल्न नसकेको जनाए । ‘हाम्रो मुन्धुमी र प्राकृतिक सम्पदामा मन्दिर निर्माणले साँस्कृतिक अतिक्रमण भएकोले संरचना हटाउनुपर्ने धारणा राख्यौँ । कानूनी, संवैधानिक र अदालती परमादेशको भावनाविपरीत हुने ठहर ग¥यौँ,’ तिम्बुङ वरक बचाउ अभियानका सदस्य समेत रहेका बेघाले भने, ‘स्थानीय सरकार र प्रशासनबाट ठोस जवाफ र विकल्प आएन ।’ आन्दोलनकारी पक्षबाट आदिवासी जनजाति महासङ्घ पान्थर अध्यक्ष रेन्जी शेर्पा, किपट संरक्षण मञ्चका अध्यक्ष मचिन्द्र बेघा, लिल्डा अध्यक्ष दिलेन्द्र कुरुम्वाङ, लिम्बुवान अध्ययन केन्द्र सुम्हात्लुङ च्याप्टर उपाध्यक्ष सजीव योङ्या, लिम्बुवान स्प्रिङ आन्दोलनका तेजेन्द्र मियोङ्वा समेत थिए । यसैबीच सिदिङ्बा गाउँपालिका अध्यक्ष कडरियालाई उद्धृत गर्दै वार्ता सदस्य सहयात्रीले मन्दिरमा विष्णुको मूर्ति प्रतिस्थापन नगर्ने करिब टुङ्गो लागेपनि मन्दिर नै हटाउने विषयमा सहमति हुन नसकेकाले वार्ता विफल भएको जानकारी दिए ।

तिम्बुङ पोखरीमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख रूपैयाँ र सिदिङ्वा गाउँपालिकाको पाँच लाख रूपैयाँ लागतमा मन्दिर निर्माण भएको छ । सामाजिक सञ्जालमार्फत विष्णु मन्दिरका रूपमा गत महिनाको नाग पञ्चमीका दिन उद्घाटन हुने कुरा सार्वजनिक भएपछि एकाएक विरोध र आलोचना सुरु भएको थियो । याक्थुङ मुन्धुममा वर्णन हुने हिमाली भेगका पोखरीहरूमध्ये तिम्बुङ वरक पनि एक हो । समुन्द्र तहदेखि करिब ४,४८० मिटरका उचाइमा अति विकट क्षेत्रमा रहेको यस पोखरी याक्थुङ समुदायको किपट पनि हो । यस क्षेत्रसँग अझै पनि बेघा, खुदाङ, माङमु, सेलिङ थरी याक्थुङहरूले आफ्नो सम्बन्धबारे वर्णन गर्ने गरेका छन् । याक्थुङ भाषाको तिम्बक(बन्दूक) बाट अपभ्रंश भएर तिम्बुङ पोखरी रहेको मान्यता छ । तिम्बुङ ताप्लिजोङ र पान्थर जिल्ला भएर बग्ने इङ्वा खोलाको शीर पनि मानिन्छ ।

साँस्कृतिक अतिक्रमण गरेको भन्दै लिम्बुवान स्प्रिङ आन्दोलनसाथै १८ सङ्घ संस्थाहरूले गत साउन २७ गते फेदेनदेखि तिम्बुङ वरकसम्म काङ्सोेरे लङ्मार्चको नाममा पैदल यात्रा गरेका थिए । तीन दिनको यात्रापछि आन्दोलनकारीहरूले विरोधस्वरूप मन्दिरमा तालाबन्दी गरेपछि प्रशानसनले औपचारिक वार्ताका लागि आह्वान गरेको थियो ।

सम्बन्धित खवर