प्रदेशस्तरीय बतृत्वकला प्रतियोगिता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०९, २०८१

प्रदेशस्तरीय बतृत्वकला प्रतियोगिता

साइनो समचारदाता

पथरी । सिडिएफ नेपाल र अन्तरधार्मिक शान्ति युवा समुह लेटाङको आयोजना तथा यु एम एनको सहयोगमा मोरङको पथरी शनिश्चरेमा प्रदेश १ स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रबार मोरङको रतुवामाई १० मा रहेको महेन्द्र माविको कक्षा १२ मा अध्ययनरत सुजन विष्ट १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेका हुन् । उनले प्रथम पुरस्कार नगद २५ हजार, मेडल र प्रमाण पत्र हात पारे । सामुदायिक शान्तिका लागि धार्मिक सहिष्णुता विषयमा भएको प्रतियोगितामा प्रदेश १ का १४ वटा क्याम्पसका विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगिताको दोस्रो पुरस्कार भानुजन मावि ताप्लेजुङकी एलिना दियालीले हात पारिन् । उनले नगद १५ हजार, मेडल र प्रमाण पत्र पाइन् । यस्तै तेस्रो पुरस्कार एभरेष्ट आवासीय मावि पथरीका छात्र भिमकुमार भण्डारीले हात पारे । उनले नगद १० हजारसंगै मेडल र प्रमाणपत्र पाए ।

सो प्रतियोगिताको निर्णायकमा पब्लिक स्पीकर सिजन २ का बिजेता रमेश प्रसाँई, युवा समाजसेवी मञ्जरी घिमिरे र यज्ञ प्रसाद पोखरेल रहेका थिए । प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि प्रदेश सांसद कुुशल साम्बा, नगर प्रमुख दिलिप कुमार राई, संविधान सभा सदस्य चण्डी प्रसाद राई, निर्णायकहरु लगाएतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित खवर