माङ्सेबुङ्ले लिम्बु भासामा कक्षा १२ सम्म, बान्तवा/सुनवार भाषामा कक्षा ५ को पाठ्यक्रम बनाउँने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

माङ्सेबुङ्ले लिम्बु भासामा कक्षा १२ सम्म, बान्तवा/सुनवार भाषामा कक्षा ५ को पाठ्यक्रम बनाउँने

साइनो समचारदाता

इलाम । जिल्लाको माङ्सेबुङ् गाउँपालिकाले लिम्बू, बान्तवा र सुनुवार मातृभाषामा पाठ्यक्रम बनाउँने भएको छ । लिम्बू भाषाको कक्षा १२ सम्म तथा बान्तवा र सुनुवार मातृभाषामा कक्षा ५ सम्म पुस्तक बनाउन लागेको हो ।

पाठ्यक्रम निर्माणको लागि माङ्सेबुङ् गाउँपालिकाकी उपाध्याक्ष सुनिता सब्बाको स‌योजकत्वमा ४ सदस्सीय भाषा, स‌स्कृति तथा ललितकला स‌रक्षण तथा विकास समिति गठन गरिएको छ । गठित समितिले ११ सदसीय पाठ्यक्रम निर्माण समिति निर्माण गरेको छ । समितिको संयोजकमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरि चन्द्र लावती छन् । समितिको सदस्यहरुमा मन कुमार लिम्बू आङ्बोहाङ् अबोध अबिरल, दीलबिर सेर्मा (साम्जिरि सेर्मा), ललितचन्द्र फियाक, डकेन्द्र सि‌ थेगिम, मन प्रसाद थलङ्, सचितानन्द राइै, तिल बिक्रम फियाक,डेबिट सुनुवार र अगम बान्तवा, कृष्ण कुमार राई छन् ।

पाठ्यक्रम निर्माण समितिले साधारण शिक्षातर्फ मातृभाषामा १०० पूर्णाङ्कको पुस्तक तयार पार्नेछन् । लिम्बू भाषा कक्षामा १– ५, कक्षा ६–८, कक्षा ९–१०, र कक्षा ११–१२ पुस्तक समितिले बनाउने भएको छ । त्यस्तै बान्तवा भाषामा कक्षा १–५ सम्म, सुनुवार भाषामा कक्षा १–५ सम्म पुस्तक बनाउने तयारी थालिएको छ । पाठ्यक्रम निर्माण समितिले मुन्धुम् निस्त्छाम् (मुन्धुम शिक्षा) तर्फ लिम्बू मातृभाषामा युक्सिङ् ताक्फा (कक्षा ६– ८), थाङ्सिङ् ताक्फा (कक्षा ९–१२) पाठ्क्रम तयार पार्ने संयोजक हरिचन्द्र लावतीले जनाएका छन् । गाउँपालिकाले पाठ्यक्रम निर्माण बारे छलफल गरेको छ ।

माङ्सेबुङ गाउपालिकाकले  किरात लिम्बू भाषा कक्षा १-१२ पाठयक्रम निर्माणका लागि रु ५ लाख बिनियोजन गरेको छ । आवश्यकताको छनौट र उदेश्य निर्धारण बिषय छलफल बिचार सङकल कार्यक्रममा प्रमुख अतिथी गाउपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गो, भाषा ललितकला संरक्षण र बिकास समितीका संयोजक सुनिता सुब्बाको अध्यक्षता छलफल सम्पन्न भएको हो । कार्यक्रममा भाषाविद हरिसचन्द्र लाओती राष्ट्रिय जनमुक्ति पार्टीको माङ्सेबुङका अध्यक्ष  सुरेन्द्र तुम्बाङ्फे, समाजबादी पार्टीका  किशन खजुम, नेपाली काङ्ग्रेसका दुधबहादुर लाओती, प्रस्तावित आत्मानन्द सेइङ क्याम्पसका प्रमुख होम लिङ्देन, किरात धर्मको तर्फबाट केहेरसिङ योङ्हाङ, वडा ३ का वडा अध्यक्ष मैतराज राइलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा पाठ्यक्रममा माङ्सेबुङ गाउपालिकाको रितिरिवाज, सस्कृती, साहित्य र भेष भुषामा आधारित पाठयक्रम निर्माण गर्न सकिने बताएका छन । कार्यक्रमको स्वागत मन्तव्य वडा न ५ का अध्यक्ष नरेन्द्र कुमार राइले गरेभने वडा ३,५ का प्राबिधिक पुष्कर कार्कीले कार्यक्रम सन्चालन गरेको थियो ।

माङ्सेबुङ गाउँपालिका एक मात्र लिम्बु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा प्रयोग गर्ने पालिका हो । सम्भवतः यो मातृभाषामा पाठ्यक्रम निर्माण कार्य थालिएको पहिलो गाउँपालिका हो ।

सम्बन्धित खवर