आजदेखि याक्थुङ ज्ञान महोत्सब - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

आजदेखि याक्थुङ ज्ञान महोत्सब

साइनो समचारदाता

काठमाडौं । ‘बौद्धिक ज्ञान आदान–प्रदान र पुस्तान्तरणको लागि’ भन्ने नाराको साथ याक्थुङ युबा मञ्चले महोत्सबको आयोजना आजदेेेखि गर्दैछ ।

जेठ २४ र २५ गते नाचघर, जमल काठमाडौँमा ‘याक्थुङ ज्ञान महोत्सव’ को आयोजना हुनेछ । आयोजकको अनुसार ‘याक्थुङ ज्ञान महोत्सव’ विषयवस्तुहरुको प्रस्तुति, वैचारिक बहस, मन्थन, विषयवस्तुप्रति जागरण र बौद्धिक ज्ञानहरु सुनाउने, बुजाउने, सुन्ने, बुझ्ने कार्यक्रमको सङ्गालो हो । मञ्चका अध्यक्ष भुपेन्द्र खुदाङले लिम्बू समाजको रहनसहन, रीतिरिवाज, धर्म, संस्कृति, कला, साहित्य, सङ्गीत आदि विषयमा प्रस्तुति, छलफल महोत्सबमा गरिने बताएका छन् । महोत्सबको सम्पूर्ण प्रस्तुतिहरुलाई युटयुर्व, सामाजिक सञ्जालहरु, अनलाईनलगायत विभिन्न सञ्चार माध्यमसँग जोड्नुको साथै कार्यक्रमको सम्पूर्ण गतिविधिलाई डकुमेन्टेसन गर्न पुस्तक प्रकाशन बताइएको छ ।

पहिलो दिन उद्घाटनसहित विष्णु सिङ्गकको कथा÷निर्देशनमा रहेको माङ्गेन्ना खमा डकुमेन्ट्री प्रदर्शन, बैरागी काइलाको ‘याक्थुङ मुन्धुम, यसको महत्व’विषयको प्रस्तुति, डा.चौतन्य सुब्बाको याक्थुङ चो?त्लुङको महत्व’ विषयको प्रस्तुति, बालकृृष्ण माबोहाङको उच्च शिक्षा र लिम्बु समुदाय’ विषयको प्रस्तुति, शंकर लिम्बुको ‘भुमि अधिकार र आदिबासी हक अधिकार’ विषयको प्रस्तुति, अमृता थेबेको ‘कस्तो छ ? कस्टमरी ल’ विषयको प्रस्तुति, प्रबिन पन्धाकको लिम्बु महिलाको सहभागिता र पहुँच’ विषयको प्रस्तुति, अमर तुम्याहाङ, येहाङ लावतीको ‘लिम्बु भाषा र साहित्य’ विषयको प्रस्तुति, अमृत योञ्जनको ‘मातृभाषाको संरक्षण कसरी हुन्छ?’ विषयको प्रस्त्ुति, हाङ्युग अज्ञात, बुद्ध छिरिङको ‘पहिचान साहित्य र राजनीतिकमा दार्शनिक सवाल’ विषयको प्रस्तुति पछि प्रश्नोत्तर तथा प्यानल छलफल हुनेछ ।

दोस्रो दिन अर्जुनबाबु माबुहाङको ‘मुन्धुमी, धार्मिक, साँस्कृतिक सम्पदा संरक्षण’ शिर्षकमा प्रस्तुति, भगत सुब्बा, झुमा वनेमको ‘लिम्बु गीत र सङ्गीत’ शीर्षकमा प्रस्तुति, डीबी आङ्बुङको ‘याक्थुङ मुन्धुम र संस्कारले परिकल्पना गरेको याक्थुङ युबा’ शीर्षकमा प्रस्तुति, युग पाठकको ‘पहिचानको आन्दोलन’ शीर्षकमा प्रस्तुति, दिलविक्रम आङदेम्बेको ‘वालुङ शोभाङ्गी क्षेत्र र ऐतिहासिक तथा सास्कृतिक सम्बन्ध’ विषयको प्रस्तुति, डा. डम्बर चेम्जोङको ‘कसरी बन्छ ? सम्बद्ध लिम्बु समाज’ विषयमा प्रस्तुति रहनेछ । बुद्धिजीवि, लेखक, अभियान्ता, कलाकार, अर्थशास्त्री, राजनीतिज्ञ स्रोत व्यक्तिहरु संस्थागत प्रतिनिधि, विद्यार्थी, युवाहरु लगायत सहभागी हुने महोत्सबको सम्पूर्ण तयारी पूरा भएको मञ्चका अध्यक्ष भूपेन्द्र खुदाङले बताएका छन् ।

सम्बन्धित खवर