क्याम्पस शाखाको सातौं अधिबेशन - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

क्याम्पस शाखाको सातौं अधिबेशन

साइनो समचारदाता
पथरी । लिम्बु बिद्यार्थी मञ्च पथरी बहुमुखी क्याम्पस शाखा कार्य समिति मोरङ को सातौं शाखा अधिवेशन सम्पन्न भएको छ ।
आइतबार भएको कार्यक्रममा मञ्चका केन्द्रीय कार्य समिति सचिब योबाहाङ तुम्बाहाम्फे, जिल्ला अध्यक्ष इन्द्र चोङ्बाङ, स्वतन्त्र विद्यार्थी युनियन पथरी बहुमुखी क्याम्पस सभापति गोपाल साम्बा, किराँत राई विद्यार्थी संघ जिल्ला अध्यक्ष केशर थुलुङ राईलगायतले बोलेका थिए । अधिबेशनले अध्यक्षमा सुजन लुङ्हिम्बा, उपाध्यक्षद्वयमा रबिन मुसाहाङ, सलिना लिम्बू, सचिवमा आइता लिम्बू, सहसचिबमा नरेन लिम्बू र कोषाध्यक्षमा दिब्या लिम्बू छन् । सदस्यहरुमा सुरेन्द्र सङबाङफे, ईक्सा चेम्जोङ, दोर्ण सङबाङफे, बिअस लिम्बू, बिबिता लिम्बू, मीनु लिम्बू र मुना लिम्बू छन् ।

सम्बन्धित खवर