साइनो समचारदाता
पथरी । हिन्दू धर्मावलम्बीहरुले मनाउँदै आएको शिवरात्रि पर्वको अवसरमा सन्देशमूलक छोटो चलचित्र ‘शिबरात्रि’ सार्वजनिक भएको छ ।
७ मिनेट ४७ सेकेन्डको भिडियो खष्भधतयधभच (भ्यूटावर) युट्युब च्यानलबाट सार्वजनिक भएको हो । भिडियोमा गंगा मगर, विशेष नेपाली, युवराज श्रेष्ठ, जना धिमाल, सुमन लिम्बु, सुरज योगी, छविलाल मगर र संगम राई देखिएका छन् । छायाङ्कन तथा सम्पादन मुहा मगरको रहेको भिडियोको कथा फिपराज बेघाले लेखेका छन् ।