अन्नपूर्णको स्पोर्टस् मिट (फोटो फिचरसहित) - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

अन्नपूर्णको स्पोर्टस् मिट (फोटो फिचरसहित)


साइनो समचारदाता
पथरी । अन्नपुर्ण बोर्डिङ स्कुल पथरी शनिश्चरे मोरङले स्र्पोट्स मिट कार्यक्रमको आयोजना गरेको छ ।


स्र्पोट्स मिट फागुन ८ गते देखि १० गतेसम्म भएको थियो । शुक्रवार एक समारोहको आयोजना गरी उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको हो । विद्यालयलले गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने ६ जना विद्यार्थीहरुलाई नगद ५ हजार, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ । सम्मानित हुने हरुमा दिवाकर मगर, सुरज चौधरी, सेसेहाङ लिम्बू, यावेग लिम्बू,यानिल मगर र संजिता सारु मगर रहेका छन् । उनीहरुले ए प्लस ल्याएका थिए । यसैबीच २ जना शिक्षक चन्द्र भण्डारी र टिका मगरलाई पनि सम्मान गरिएको छ । पुरस्कृत विद्यार्थी र शिक्षकलाई नगर प्रमुख दिलिप कुमार राईले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

सम्बन्धित खवर