सलोन चेम्जोङ स्मृति छात्रबृति बितरण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

सलोन चेम्जोङ स्मृति छात्रबृति बितरण


साइनो समचारदाता
जाँते । जाँते माध्यमिक विद्यालय लेटाङ मोरङका विद्यार्थीहरुलाई स्व.सलोन चेम्जोङ स्मृती छात्रवृत्ति प्रदान गरिएको छ ।
मंगलबार कक्षा ११ र १२ मा अध्यनरत १० जना छात्रछात्रालाई प्रमाणपत्र सहित जनहि ५ हजारका दरले र सलोनकै नामबाट कक्षा १ देखि १० सम्मका १६ जना छात्रछात्रालाई प्रमाण पत्र र जनही १ हजार ५ सय रुपैँया बितरण गरिएको बिद्यालय प्रधानाध्यापक उत्तमराज खतिवडाले बताए । बोन क्यान्सर लागेर ज्यान गुमाएका लेटाङ ९ जाँते बुडोली चौकका यज्ञ चेम्जोङका ६ बर्षिय छोरा सलोन चेम्जोङको स्मृतिमा ७ लाख रुपैँयाको अक्षय कोष स्थापना गरिएको हो । सो अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट छात्रछात्रालाई छात्रबृत्ति बितरण गरिएको प्रधानाध्यापक खतिवडाले बताए ।
आफ्ना नावालाक छोरालाई बोन क्यान्सर लागेको थाहा भएपछि उपचारको क्रममा जायजेथा सकिएको, त्यसपछि देश तथा बिदेशमा रहेका सहयोगीहरुसँग सहयोग मागेर उपचार गरिरहेको बेला छोराको निधन भएकोले छोराको निधनपछि उपचारका लागि दाताहरुले पठाएको सहयोग रकम बचेकोले सोही रकमबाट आँफूले बिद्यालयमा अक्षय कोष खडा गरेको यज्ञ चेम्जोङ्गले बताएका छन् ।
सो अवसरमा अक्षयकोष स्थापना गर्नेहरुलाई समेत सम्मान गरिएको बिद्यालयका शिक्षक राजभक्त लिम्बुले बताएका छन् । कार्यक्रममा सलोन स्मृति अक्षय कोषका सस्थापक यज्ञ लिम्बू र स्मृतिकोष स्थापना गर्न सहयोग गर्ने चौविसे गाउँपालिका राजारानीका सागर सरगम चेम्जोङ, स्थानीय समाजसेवी इन्द्र मावोहाङ, राजेन्द्र मादी स्मृति छात्रवृत्तिका संस्थापक लहरीमाया मादी र देवराज अधिकारी स्मृती छात्रवृत्तिका संस्थापक देवकला अधिकारीलाई सम्मानित भएका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभासद उपेन्द्र प्रसाद घिमिरेले खादा ओढाएर प्रमाण पत्रले सम्मान गरेका हुन् ।

सम्बन्धित खवर