सेमेस्टर प्रणाली बारे जानकारी, एमएड कक्षा आइतबारदेखि सुरु हुँदै - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

सेमेस्टर प्रणाली बारे जानकारी, एमएड कक्षा आइतबारदेखि सुरु हुँदै


साइनो समचारदाता
पथरी । पथरी बहुमुखी क्याम्पस पथरीशनिश्चरे मोरङले विहिबार एमएडमा सेमेस्टर प्रणालीका बारेमा जानकारी दिएको छ ।
विहिबार एमएडमा सेमेस्टर प्रणालीका बारेमा जानकारी दिन आयोजना गरिएको अन्तरक्रिया आधुनिक प्रविधिको प्रयोगलाई जोड दिएर शिक्षण गर्ने क्याम्पसले गरेको क्याम्पस प्रमुख चेतन पौडेलले बताए । पथरी बहुमुखीमा सुविधा सम्पन्न भवनका साथै उच्चतम प्रविधिको प्रयोग गरेर एमएड कक्षा सुरु गरिएको छ । शैक्षिक सत्र २०७५÷०७६ देखि नेपाली विषयमा एमएड सञ्चालनको अनुमति पाएसंगै क्याम्पसले कक्षा सुरु गरेको हो । अनिवार्य प्रोजेक्टरको माध्यमबाट शिक्षण गरिने व्यवस्था क्याम्पसले मिलाएको छ । सुविधा सम्पन्न भवन, शौचालय, पिउने पानीको व्यवस्था र उपयुक्त शैक्षिक वातावरणको व्यवस्था रहेको पौडेलले बताए । प्रदेश १ मा रहेका क्याम्पसहरु मध्येबाट सबैभन्दा कम शूल्कमा बढी सेवासुविधासहित शिक्षण गरिने पौडेलले बताए ।
२०६४ सालमा स्थापना भएको पथरी बहुमुखीमा व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकायमा स्नातक तहको अध्यन अध्यापन भइरहेको थियो । आगामी शैक्षिक सत्र देखि स्नातक तहमा पनि अनिवार्य प्रोजेक्टर माध्यमबाट शिक्षण गर्ने व्यवस्थापन भइरहेको पौडेलले बताए । क्याम्पसको पुस्तकालयलाई व्यवस्थापन गर्ने काम सकिएको छ । क्यूएए मान्यता प्राप्त गर्नका लागि अन्तिम तयारीमा रहेको यस क्याम्पसले आगामी दिनमा सीसी क्यामेराको व्यवस्थापन, कम्प्युटर ल्यावको व्यवस्था, सबै कक्षा कोठाहरुमा प्रोजेक्टर व्यवस्था लगायतका कुराहरु अगाडि बढाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा नं. १ का वडाध्यक्ष बाबुराम एङ्देनले आगामी वर्षमा प्रोजेक्टर व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्थापन गर्नका लागि पहल गर्ने प्रतिवद्धता जनाए । एमएड कक्षाका लागि आवश्यक पर्ने पुस्तकालय ¥याक निर्माण गर्न तत्काल बजेट व्यवस्थापन गर्ने पनि एङ्देनले बताए । एमएडमा सेमेस्टर प्रणालीका बारेमा शिक्षा विभाग प्रमुख शंकर देवानले जानकारी गराएका थिए । पथरी बहुमुखीको एमएड कक्षा यही फागुन १२ गते आइतबार देखि सुरु हुने भएको छ । यो वर्ष एमएडमा २० जनाको हाराहारीमा विद्यार्थी हुने अनुमान गरिएको छ ।

सम्बन्धित खवर