साइनो समचारदाता
पथरी । पथरी बहुमुखी क्याम्पस पथरीशनिश्चरे मोरङले बार्षिक कार्यक्रम अन्तरगत खेलकुद सप्ताहका विभिन्न विधा का बिजेताहरुलाई बुधबार पुरस्कार वितरण गरेको छ ।
क्याम्पसले आफ्नो क्यामपसका विधार्थीहरुलाई किताबी ज्ञानसंगै अतिरिक्त ज्ञानमा अब्बल बनाउने उद्देश्यले वार्षिक कार्यक्रम अन्तरगत खेलकुद सप्ताह कार्यक्रममा यो बर्ष फुुटबल, भलिवल, ब्याडमिन्टन डबल, सर्टफुट छात्र, छात्रा हाजिरिजवाफ, टेबलटेनिस प्रतियोगिता गरेको स्ववियू सभापति गोपाल कुमार साँबा दिएका छन् ।
पुरस्कृत हुनेहरुमा टेवल टेनिसमा भविन रिमाल प्रथम, विशवराज साई द्घितिय त्यसै गरि सर्टफुट छात्रा तर्फ आयर्न बस्नेत, सुस्मिता कार्कीं र सुनिता तामाङ क्रमश प्रथम, द्घितिय र तृतिय, छात्रतर्फ सबिन बस्नेत, सुनिल लिम्बू, केशर थूलूङ राई क्रमशः प्रथम, द्धितिय र तृतिय भएका छन् ।
त्यस्तै ब्याडमिन्टन डबलमा छात्रातर्फ सुलोचना सुवेदी र सुस्मिता कार्की प्रथम, आर्या बस्नेत र गीता खड्का द्धितिय र छात्रतर्फ अनवेश थापा र आशिश केसि प्रथम, सुजन राई र कुमार तामाङ द्धितिय भएका छन् भने भलिवल छात्रातर्पm पिएमसी ए प्रथम र पिएमसी बि दास्रो भएका छन । त्यसैगरि छात्रतर्फ बीबीएस प्रथम बर्ष प्रथम तथा बीएड प्रथम वर्ष द्धितिय भएका छन् ।
त्यैगरि फृटबल छात्रातर्पm पीएमसी प्रथम तथा पीएमसी बी द्धितिय तथा छात्रतर्फ बीएड प्रथम बर्ष प्रथम तथा बीबीएस दोस्रो बर्ष द्धितिय भएका भए । त्यस्तै हाजिरिजवाफ अन्तरगत भावना श्रेष्ठ, सन्तोष राई र एलिना दियालीको समूह प्रथम, पदम नेम्बाङ, सन्तोष तामाङ र बिक्रम थापा मगर को समूह द्धितिय तथा हरि न्यौपाने, प्रमिला कुँबर र सृजना राईको समूह तृतिय स्थान हाँसिल गर्न सफल भएका छन । बिजेता छात्रा छात्राहरुलाई क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष दिलानाथ तिम्सिना, सहायक क्यापस प्रमुख शान्तिराम तिम्सिनाले मेडल तथा प्रमाण पत्रले पुरस्कृत तथा सम्मान गरेका छन । हरेक बर्ष खेलकुद सप्ताह कार्यक्रम पथरी बहुमुखी क्याम्पसले सञ्चालन गर्दै आएको छ ।-एलिना दियाली