स्कुलको २७ औ वार्षिक उत्सब - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

स्कुलको २७ औ वार्षिक उत्सब


साइनो समचारदाता
पथरी । न्यू पागोडा बोडिङ स्कुल पथरीशनिश्चरे, मोरङको २७ औं वार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

सोमबार विद्यार्थी, अभिभावक, शिक्षकलाई सम्मान तथा पुरस्कृतसहित साँस्कृतिक कार्यक्रम गर्दै विद्यालयले उत्सब मनाएको हो । ईश्वरीप्रसाद घिमिरे, कालीबहादुर राई, तुलशीमाया गुरुङ, कमल कार्की, कमल बहादुर बस्नेत, नरबहादुर लिम्बुलगायत १० जना पुराना अभिभावकहरुलाई विद्यालयलाई योगदान पु¥याएको भन्दै सम्मान गरेको छ । विद्यालयकी शिक्षक गोमा तिम्सिना र सुशिला सुब्बालाई पनि सम्मान गरेको छ । म्युजिकल चेयर प्रतियोगितातर्फ प्रथम भएका ईश्वरी जोगी, छेलो प्रतियोगितातर्फ प्रथम भएका भोला गुरुङलगायत अभिभावक तथा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।


कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले शिक्षा क्षेत्रमा लगानी नगरपालिकाले गरिरहेको बताएका छन् । व्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले अबको शिक्षा प्राविधिक सीपमूलक हुनु पर्नेमा जोड दिएका छन् । उत्सबको अवसरमा विद्यार्थीहरुले ‘ए बल्ल आँखा खुल्यो’ नाटकको साथै नृत्यहरु प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।


कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक विश्वमणि निरौला, प्रिन्सिपल उद्धब निरौला, भाइस प्रिन्सिपल चक्र थापा, संस्थापक प्रिन्सिपल टिका दङ्गाल, विद्यार्थी सुलभ लामिछानेलगायत मन्तव्य राखेका थिए ।


स्कुलले कक्षा १० सम्म अध्ययन अध्यापन गर्दै आएको छ ।

सम्बन्धित खवर