च्याउ खेती गर्न टोलले सिकायो - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

च्याउ खेती गर्न टोलले सिकायो


ऋषि राई
बेलबारी । सुन्दर टोल बिकास संस्था बेलबारी ३ मोरङले तीन दिन लगाएर टोलबासीलाई च्याउखेती गर्न सिकाएको छ ।
बेलबारी नगरपालिका वडा नंः ३ वडा कार्यालयको सहयोगमा माघ २६ र २७ गतेसम्म तालिमको भएको यिो । तालिमको समापन भने शनिबार मात्र बेलबारी नगरपालिकाको आदिवासी जनजाति महासंघ बेलबारीको सभा हलमा समापन भएको हो । बेलबारी नगरपालिकाका प्रवक्ता तथा वडा नंः ३ वडा अध्यक्ष योगेन्द्र सुवेदीले च्याउ खेती तालिममा सहभागी प्रशिक्षार्थीलाई व्यवसायिक रुपमा अगाडि बढ्न आग्रह गर्दै ब्यवसायिक च्याउ खेती गर्नलाई पर्ने आवश्यक सहयोग वडा कार्यालयले गर्ने प्रतिबद्धता गरेका छन । सुन्दर टोल बिकास संस्थालाई बेलबारीको टोलहरु मध्ये कै सक्रिय टोल संस्था भएको बताउँदै प्रशिक्षार्थीहरुलाई शुभकामना प्रदान गरेका थिए ।
कार्यक्रममा सुन्दर टोल विकास सस्थाका सल्लाहकार संयोजक तिलक राई, प्रमुख प्रशिक्षक विमेश दाहालले तालिममा सिकेको कुरा व्यवहारिक रुपमा निरन्तर लागू गरेर जान प्रशिक्षार्थीहरुलाई सुझाव दिएका छन् । प्रशिक्षार्थीको तर्फबाट कमला अधिकारी र संविना अधिकारीले आफ्नो अनुभव सुनाउँदै तालिमले आत्मनिर्भर हुने प्रेरणा प्रदान गर्नुको साथै दुई समूह निर्माण गरेर च्याउ खेती व्यवसायिक रुपमा गर्ने योजना रहेको सुनाइन्।
कार्यक्रम सुन्दर टोल बिकास संस्था बेलबारी ३ का अध्यक्ष खनेन्द्र राइ(अर्जुन) को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

सम्बन्धित खवर