बाल प्रतिभा प्रोत्साहन कार्यक्रम - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

बाल प्रतिभा प्रोत्साहन कार्यक्रम


साइनो समचारदाता
पथरी । मनकामना बचत तथा ऋण सहकारी संस्था पथरीशनिश्चरे, मोरङले आफ्नो २२ औ स्थापना दिवसको अवसरमा शनिवार संस्थामा बाल बचत गर्ने बचतकर्ताहरुका लागि बाल प्रतिभा प्रोत्सहान कार्यक्रम २०७५ सम्पन्न गरेको छ ।
संस्थाको महिला, युवा तथा बाल बचतकर्ता परिचालन उपसमितिकी संयोजक कुलमाया तिम्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका कोषाध्यक्ष जिवन बस्नेत, संस्थाका अध्यक्ष युवराज भट्टराई, लेखा संयोजक केशव दाहाल लगायत संस्थाका संचालकहरुले आतिथ्यता ग्रहण गरेका थिए । वाल प्रतिभा प्रोत्सहान कार्यक्रम अन्र्तगत बाल विकासमा सहकारीको भुमिका बिषयक बक्तृत्वकला, एकल नृत्य, हाजिरीजवाफ, चकलेट दौड र बोरा दौड कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमहरुमा सय भन्दा बढी बाल बचतकर्ताहरुको सहभागीता रहेको थियो । ६ हजार ५ सय भन्दा बढि सदस्यहरु रहेको मनकामना साकोसमा १२७८ जना बाल बचतकर्ताहरु रहेको, बाल बचतकर्तालाई सानैदेखि बचत गर्ने असल संस्कार सिकाउनुका साथै उनिहरुको प्रतिभालाई प्रोत्सहान गर्ने संस्थाले बर्सेनी यस किसिमका कार्यहरु गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सुर्यप्रसाद रिमालले बताएका छन् ।
बाल प्रतिभा प्रोत्सहान कार्यक्रममा प्रथम, द्धित्तिय तथा तृतिय हुनेहरुलाई माघ १४ गते हुने स्थापना दिवसको औपचारिक कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

सम्बन्धित खवर