कार्वाही त स्ववियु सभापति गोपालकुमार साम्बा(गिरिस)को अनआवश्यक प्रोपोगण्डा हो । - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

कार्वाही त स्ववियु सभापति गोपालकुमार साम्बा(गिरिस)को अनआवश्यक प्रोपोगण्डा हो ।


–निता कुलुङ राई
उपसभापति, स्वतन्त्र विद्यार्थी युनियन
पथरी बहुमुखी क्याम्पस, पथरीशनिश्चरे, मोरङ

यतिवेला के गर्दै हुनुहुन्छ ?
क्याम्पस जाने, पढ्ने, साथीहरुसँग भेटघाट, विद्यार्थीहरुको समस्या बुझ्ने, समाधानमा सकेको पहल गर्ने, यस्तै भइरहेको छ । मेरो मूख्य प्राथमिकता अध्ययन नै हो ।

स्ववियु निर्वाचन तोकियो त्यहि मितिमा हुन्छ कि हुन्न जस्तो लाग्छ ?
त्रिभुवन विश्व विद्यालयले फागुन १४ गते घोषणा गरिसकेको छ । त्यही मितिमा हुन्छ । हुनुपर्छ । रोकिनु पर्ने कुनै कारण छैन । पथरी बहुमुखी क्याम्पसमा तोकिएकै मितिमा चुनाव गर्न सम्पूर्ण विद्यार्थी संगठनहरु तयार छौं ।

पथरी बहुमुखी क्याम्पसमा स्ववियु के गर्दै छ ?
हामी पथरी बहुमुखी क्याम्पको स्ववियुमा संस्थापक भयौ । स्ववियुको कार्यालय व्यवस्थापन र सिष्टम मिलाउन लागियो । क्याम्पसमा बसेर पढ्न मिल्ने गरी लाइवेरी व्यवस्थापन गर्न क्याम्पसलाई सहयोग गरियो । पिउने पानी फिल्टरको लागि स्वलार जडान गर्नमा भूमिका खेलेका छौ । क्याम्पस रंगरोकन गर्न सहकार्य गरेका छौ । क्यान्टिन व्यवस्थित गर्ने काममा पनि स्ववियु वा हाम्रो भूमिका रहेको छ । प्रत्येक सुक्रबार खेलकुद कार्यक्रम हुन्छ । त्यो वातावरण स्ववियुले मिलाएको छ । भलिवल, फुटबल, ब्यडमिन्टन, टिटी, चेस खेलाडिहरुलाई लेख्ने व्यवस्था छ । म्याराथ दौड गरायौं । नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम त बर्षेनी हुने नै भयो । क्याम्पसमा खेल मैदान सानो छ । त्यसलाई व्यवस्थित गर्न हामी लागिरहेका छौ । सवारी सधान पार्किङ अझ व्यवस्थित गर्न कोशिस गर्नु गरिरहेका छौ । छात्रावृति पहिला २ प्रतिशत थियो । हाम्रै पहलमा ७ प्रतिशत बनाएका छौ । निम्न वर्गीय विद्यार्थीलाई मासिक शूल्क छुट गराउने काम गरेका छौ ।

स्ववियु सभापतिको दावेदारी सुनिन्छ हो ?
पक्कै पनि । म सभापतिको उमेद्वार घोषणा गरेको हुँ ।

तपाईको दावेदारी के का लागि ?
अघि पनि भने, हामी यो क्याम्पसको स्ववियुमा संस्थापक भयौ । धेरै कामहरु भर्खरै शूरु भएको छ । यी कामहरु पुरा गर्न सभापति हुनुपर्छ भन्ने हो । अनि कलेजका साथिहरुले मेरो नेतृत्वको अपेक्षा गर्नुभएको छ । अधिकांश विद्यार्थीहरुले तपाई सभापति उठ्नु पर्छ भनेर सल्लाह सुझाव दिइरहनु भएको छ । साथिहरुको चाहना पुरा गर्न पनि मैले एक पटक स्ववियु सभापति बन्ने आट गरेको हुँ ।

जित्नुभयो भने के के योजनाहरु छन ?
पहिलो कुरा त क्याम्पसमा शैक्षिक वातावरण निर्माण गर्न आवश्यक छ । विद्यार्थीहरुले आनन्दसँग अध्ययन गर्ने वातावरणको विकास गर्ने कुरामा पहल गर्नेछु । क्याम्पसलाई टिकाउन श्रोत व्यवस्थापन गर्नुपर्दछ । अहिले स्थानीय तहमा धेरै अधिकारहरु आएको छ । स्थानीय, प्रदेश र संघ सरकारबाट आर्थिक व्यवस्थापनको लागि क्याम्पससँग मिलेर लाग्नुपर्छ भन्ने लागेको छ । यो क्षेत्र भने सुकुम्बासी तथा न्यून आय श्रोत भएका जनताका छोराछोरी पढ्ने क्याम्पस भएकाले शूल्क निरन्तर बढाउनु हुन्न भन्ने कुरामा लागिने छ । सकेसम्म शुल्क घटाउन पर्छ भन्नेमा लाग्नेछु । खेलकुद र खेलाडीहरुको विकासको लागि विभिन्न कार्यक्रमहरु नियमित रुपमा गर्न सकिन्छ । कोचिङ कक्षा चलाउने कुरामा पहल गर्नेछु । खेलकुद मैदान अझ व्यवस्थित गर्नु पर्नेछ ।

टिकट पाउने सम्भावना र आधारहरु के के हुन ?
म क्याम्पसको नियमित विद्यार्थी हुँ । स्ववियुको उपसभापति भएर अनुभव लिइसकेको छु । गर्न सक्ने एउटा सक्षम महिलाले टिकट नपाउनु पर्ने कुनै कारण छैन । क्याम्पसका अधिकांश विद्यार्थीले भावि सभापति तपाई नै हो भनिरहनु भएको छ । यस्तो अवस्थामा संगठनले मलाई नै टिकट दिन्छ भन्ने कुरामा ढुक्क छु ।

अनि स्ववियुमा विवाद जस्तो देखिन्छ ? तपाईलाई कारबाहीको घोषणा पनि भयो । यो विषय के हो ?
कार्वाही त स्ववियु सभापतिसमेत रहनु भएका नेवि संघका नेता गोपालकुमार साम्बा(गिरिस)को अनआवश्यक प्रोपोगण्डा हो । म स्ववियुको जिम्मेवार निर्वाचित उपसभापति र अनेरास्ववियुको सदस्य हुँ । राष्ट्रिय खेलकुद परिषद्बाट स्ववियुको नाममा एक पैसा पनि रकम आएको छैन । पथरीशनिश्चरे नगरपालिकाबाट छुटिएको रकम नगरमै छ । त्यो रकम छोइएको छैन । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले म निता कुलुङ राईको संयोजकत्वमा बनाएको समितिले नगर स्तरीय महिला फुटबल गरेका भब्य रुपमा सम्पन्न गर्न सफल भयौ । भब्य रुपमा फुटबल कार्यक्रम सम्पन्न भएपछि केही साथिहरुलाई जलन भएको हो । म भन्न चाहन्छु । कार्यक्रमको विषयलाई लिएर स्ववियु उपसभापतिलाई कारबाही होइन कि यस्तै यस्तै कार्यक्रम गर्न अनुरोध गर्दछु । त्यसमा मेरो पनि साथ सहयोग रहनेछ । इष्र्या होइन सहयोगको अपेक्षा गर्दछु ।

अहिले त्यो विषय के भइरहेको छ ?
मैले त्यो विषयलाई धेरै महत्व दिएको छैन । कारबाहीको हल्ला स्ववियु नियमावली विपरित छ । नियमावली विपरित यसरी प्रोपोगण्डामा लाग्नु सभापति गोपाल साम्बा आफैलाई लाज हुनुपर्ने हो । विद्यार्थी र स्ववियुको मानसम्मान, हकहितको कुराप्रति म सचेत छु । के गर्नुहुन्छ । के गर्नुहुन्न भन्नेकुरा सिकाइराख्नु पर्दैन भन्ने लाग्छ । स्ववियु एउटा ब्यक्ति वा हल्लाको भरमा चल्ने संगठन होइन । यसको ओजलाई बुझ्नु पर्दछ ।

अन्तमा केही छ ?
स्ववियुको चुनाव फागुन १४ गते हुदैछ । सभापतिमा उठ्दैछु । विद्यार्थी साथीहरुलाई हार्दिक अनुरोध गर्दछु कि तपाईहरुको सल्लाह सुझावअनुसार चल्नेछु । निर्वाचनमा साथ सहयोग गर्न कलेजका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक अनुरोध गर्दछु ।

सम्बन्धित खवर