प्याव्सन द्धारा सामुदायिक विद्यालयमा स्वेटर बितरण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

प्याव्सन द्धारा सामुदायिक विद्यालयमा स्वेटर बितरण

साइनो समचारदाता
पथरी ।२९ औ प्याब्सन स्थापना दिवशको अवसरमा पथरी प्याब्सन नगर कमिटीले ८४ जना बिध्यार्थीहरुलाई सुईटर बितरण गरेको छ । ९५ प्रतिशत मुसर, ऋषिदेव र सन्थालको बाहुत्यता रहेको उक्त बिध्यालयमा धेरै बिध्यार्थी जाडोका कारण स्कुल जानबाट बन्चीत रहेका छन । श्री शिक्षा सदन आधारभुत बिध्यालय पथरीशनिश्चरे ६ मा भएका सम्पुर्ण बिध्यार्थीहरुलाई प्याब्सन नगर कमिटीले स्वईटर बितरण गरेको हो ।


जाडोका कारण स्कुल आउन बाट बन्चीत भएका बालबालीकालाई पढ्नबाट बन्चीत नहुन भन्ने उदेश्यका साथ न्यानो सुईटर बितरण गरिएको प्याब्सन प्रदेश नं. १ का सलाहाकार नवलकिशोर खनालले बताए ।
नीजि विद्यालयको संगठन भएर पनि समस्यामा परेको गरिव वस्तीका मुसर, ऋषिदेव र सन्थालको बाहुत्यता रहेको बिध्यालयका बिध्यार्थीहरु विद्यालयमा सहज तरिकाले पढनपाढन गर्न सहयोग पुग्ने उदेश्यदे सुईटर बितरण गरेको सलाहाकार टिका दंगालले बताए ।
          निजि तथा आवस्य बिध्यालयहरु मिलेर अति बिपन्न समुदायका बालबालिकाहरुको हौसला बढाउदै समाजमा शिक्षाको ज्योती प्रदान गर्ने सस्था प्रति आभार प्रकट गर्दै वडाले पनि स्कुलको स्तर वृद्धिमा सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष जयबाहदुर तामाङले बताए ।
८४ जना विद्यार्थीलाई ३० हजार मुल्य बराबरको जाडोका लागि स्वेटर वितरण गरिएको प्याब्सन नगर कमिटी अध्यक्ष उपेन्द्र कडेलले बताए ।

सम्बन्धित खवर