साइनो समचारदाता
पथरी । नगर बिकास पत्रकारिता पुरस्कारबाट पत्रकार कृष्ण ओझा पुरस्कृत हुने हुने भएका छन् । त्यस्तै स्वर्गिय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार सरोज शर्मा पुरस्कृत हुने भएको हो ।
फिदिम नगर क्षेत्रको समृद्धिका लागि कलम चलाउने एक जना क्रियाशील पत्रकारलाई फिदिम नगरपालिकाले बार्षिक रुपमा पुरस्कृत गर्दै आएको छ । त्यस्तै स्वर्गिय बाबु–आमाको स्मृतिमा फिदिमका व्यवसायी, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालको परिवारले स्थापना गरिएको स्वर्गिय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कार खेलकुद क्षेत्रको बिकासका लागि उत्कृष्ट कलम चलाउने एक जना पत्रकारलाई बार्षिक रुपमा प्रदान गरिंदै आएको छ । दुबै पुरस्कार नेपाल पत्रकार महासंघ पाँचथर शाखाको सिफारिसमा वितरण गरिंदै आएको हो । दुबै पुरस्कारको राशी समान दश–दश हजार रुपैंयाँ रहेको छ ।