पान्थरमा लोकवार्ता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

पान्थरमा लोकवार्ता


साइनो समचारदाता
पान्थर । पान्थरको फाल्गुनन्द गाउँपालिका वाड २ याम्बोङमा बिभिन्न चरणमा लोकवार्ता कार्यक्रम सम्पन्न भएको छ ।
पहिलो चरण कार्यक्रम अन्तरदेशीय काव्यिक कार्यक्रम साहित्य रचना वाचन र समालोचनामा कार्यक्रम सिक्किमका रूपलाल खाम्दाकको अध्यक्षतामा सम्पन्न भएको थियो ।


दोस्रो चरणमा फाल्गुनन्द गाउँपालिका प्रमुख अमर कुमार नेम्बाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको विशेष अतिथि प्रा डा भरतराज सुब्बा र नाम्ची कलेज सुखिमका प्रा डा बिएल खाम्दाक रहेका थिए ।
प्रमुख अतिथि नेम्बाङले कार्यक्रम यस लिम्बू बाहुल्य रहेको गाउँपालिकामा नौलो र राम्रो भएको भन्दै प्रशंसा गरेका छन् । उनले फाल्गुनन्द गाउँपालिकाको लागि दश जना लिम्बू भाषा शिक्षकहरू नियुक्ति गर्न बजेट छुटिसकेले चाँडै ऐतिहासिक रूपमा शिक्षक नियुक्ति गर्ने तयारीमा रहेको बताए । कार्यक्रममा मलिसा याक्थुम्वाले याक्थुङ लोकवार्ता अवधारणा पत्र प्रस्तुत गरेका थिए । याक्थुङ लोकवार्ता भन्नेले याक्थुङ लाजेभित्र वसोबास गर्ने जातिहरूको लोक जीवनसँग सम्बद्ध कला भाषा लिपि साहित्य ईतिहास कर्मकाण्ड संस्कार संस्कृति पुरातत्व भेषभुषा संगीत खानपान पेशा व्यवसाय ज्ञान सीप यावत कुरालाई सम्झनुपर्छ भन्ने निष्कर्ष थियो । भेला कार्यक्रमबाट ९ सदस्यीय याक्थुङ लोकवार्ता प्रारम्भिक समिति साथै १३ सदस्यीय सचिवालय सदस्य चयन गरेको थियो ।
९ सदस्यीय प्रारम्भिक समितिको संयोजक मलिसा याक्थुम्वा (नेपाल), उपसंयोजक दिल्ली लिङ्दम (नेपाल), उपसंयोजक रूपलाल खाम्दाक (भारत), महासचिव शेरबहादुर लिम्बू (नेपाल), सचिव मोहन चन्द्र साम्बा (नेपाल), सचिव सन्तोष तेरापी (भारत), कोषाध्यक्ष निशा लोवा(नेपाल), सहकोषाध्यक्ष लाहाङ वाखिम (भारत), सहसचिव दिल पाक्सावा (नेपाल) रहनु भएको छ । १३ सदस्यीय सचिवालय सदस्यमा मलिसा याक्थुम्वा, शेरबहादुर लिम्बू, निशा लोवा, मधुराज केरूङ, लक्ष्मण लावती, सुरेन्द्र केरूङ, लालबहादुर नेम्बाङ, सागर नेम्बाङ, राम लावती, सुनिता नेम्बाङ, कला चेम्जोङ, सरस्वती नेम्बाङ, कविता तुम्बापो रहेका छन् । समितिले संस्था दर्तादेखि आगामी भेला अधिवेशन गर्ने ठाउँ समय तोक्नेछ ।

सम्बन्धित खवर