उमेरले छेकेन भट्टराईको मास्टर्स गर्ने रहरलाई, ५७ बर्षमा मास्टर्स गर्दै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

उमेरले छेकेन भट्टराईको मास्टर्स गर्ने रहरलाई, ५७ बर्षमा मास्टर्स गर्दै

सुमन फुयाल, काठमाडौ, २३ असोज
पढ्नलाई उमेर छेक्दैन भन्ने उत्तीलाई चरितार्थ गर्नु भएको छ ताप्लेजुङका डम्बर कुमार भट्टराईले । भट्टराई उमेरले ५७ बर्षे भए पनि यतिबेला मास्टर्सको अन्तिम तयारीमा हुनुहुन्छ ।


रोग र उमेरले धोका नदिए अझै डिग्री सम्म पढेन उहाँको लक्ष्य रहेको छ । मुटुको विरामी भएका कारण ईच्छा पुरा हुने नहुने दोधारमा रहनु भएको छ । डिग्री पढ्ने रहर भएकै कारण मुटुको ३ वटा भल्वको अप्रेसन समेत गर्नु भएको छ ।

२०४३ सलाम पढाइ छाडेका भट्टराई २५ बर्षपछि पाटन कलेजमा भर्ना हुनु भयो । २०४० सालमा एस एल सी फेल हुदा यहाँ सम्म पढ्छु भन्ने सोचेकै थिइन भट्टराई सुनाउनु हुन्छ । उहाँ भन्नु हुन्छ “२०६८ सालमा इकोनोमिक (अर्थशास्त्र) विषय लिएर स्नातक तहको पढाई सुरु गरे । हाल घर बसि बसि मास्टर्सको अन्तिम तयारीमा छु” ।


शिक्षालाई जीवनको ठूलो शक्ति र ताकत मान्ने भट्टराईले ठुली छोरीलाई स्टाफ नर्स र अर्की छोरी र छोरालाई वि वि एस अध्याय गराउदै आउनु भएको छ । तिन सन्तानका धनी भट्टराई श्रीमतीका साथ ललितपुरको भैसिपाटी पढाई संगै भाडा पसल संचालन गर्दै आउनु भएको छ ।

२०२३ सालमा जन्मनु भएका भट्टराईको मास्टर डिग्री सक्ने रहरलाई ५७ बर्षको उमेरले समेत छेक्न सकेन । बजगाई भैसिपाटीमा १२ बर्ष देखि ब्यवसाय संगै पढाइलाई अगाडी बाउदै आउनु भएको छ ।
पढाईमा मास्टर अन्तिम तयारीमा रहेका भट्टराईले २०४१ सालमा एस एल सी तेस्रो डिभिजनमा पास गर्नु भएको थियो । पहिलो पटक एस एल सि दिदा २ वटा विषय मात्र पास गरेको बताउनु हुन्छ । उहाँ पुरानो याद सम्झदै भन्नु हुन्छ पहिलो बर्ष ७ ओटा विषयमा फेल भए तर पढ्न छाडिन ।

 

पढाईको महत्त्व बुझेका भट्टराई ताप्लेजुङको दुर्गम ठाउंमा घर मै बसेर आई ए पास गरेको बताउनु हुन्छ । ताप्लेजुङको दुर्गम क्षेत्रमा घरबाट विद्यालय धेरै टाढा थियो । खासै पढ्न सक्ने अबस्था हुदैन थियो । घरको सबै काम सकेर स्कुल जादा दुख सुख आई ए पास गरे उहाँ सुनाउनु हुन्छ ।

पढाइको रहर हुदा हुँदै घरको आर्थिक समस्याको कारण पढाइ छोडेर शिक्षक पेसामा लाग्नु भयो । पढ्ने रहरले उहाँलाई रोक्न सकेन । ताप्लेजुङको १३ बर्षको शिक्षण पेसालाई चटक्कै छाडेर छोरा छोरी पढाउन इलाम झर्नु भयो । इलाममा छोरा छोरीको पढाई संगै १५ बर्ष होटल व्यावसायमा वितेको सुनाउनु हुन्छ ।

२०६७/६८ तिर ललितपुरको भैसिपाटीमा भाडा पसल गर्दा सामानहरू विक्रि हुदैन थियो फुर्सदको समयमा दिनभरि दोकानमा पढ्थे । पहिला पढ्न नपाएको कुराले पछुतो लागिरहेको थियो त्यसैले ६७/६८ को समयमा पढ्ने ईर्ष्या जाग्यो र पढ्न सुरु गरेको उहाँ बताउनु हुन्छ ।

सम्बन्धित खवर