दिपेश सार्की / कानेपाेखरी, २१ साउन
मोरङको पथरी शनिस्चरे नगरपालिकामा डेङ्गे भाइरस सङ्क्रमितको सङ्ख्या दिन प्रतीदिन बढ्दै गएको छ । नगरकाे लापवाही र समयमै सतर्कता नअपनाएका कारण पथरी शनिश्चरे वडा नं. १ र २ मा डेङ्गे संक्रमितकाे संख्या बढ्दै गएकाे स्थानियकाे भनाई छ ।
डेङ्गे भाइसले अहिलेको अवस्थामा हेर्ने हो भने मोरङ र सुनसरीका केही ठाउँहरुमा प्रभावित पारेको छ। पथरीमा पनि धेरै डेङ्गे भारसले प्रभाव पारिरहेको पथरी स्वास्थ चौकीमा भएका विरामीकाे संख्याले बताउछ । धेरै विरामी पथरी स्वास्थ चौकीमा संभव नभएर विराटनगर जानु परेकाे विरामी बताउछन ।
पथरी शनिस्चरे नगरपालिकामा दिन प्रती दिन डेङ्गे संक्रमितकाे सङ्ख्या बढ्दै गएको छ । तर नगरका जिम्मेवार ब्यात्ती भने साेहि समयमा विदा र कामकाे सिलसिलामा राजधानी पुगेकाे देखिन्छ । यता नगरले समयमै संक्रमणबाट बच्न जनचेतना र अन्तरकृया नगरको सराेकारवालाहरु बताउछन । नगरले हाल सम्म रोग रोकथामका विसयमा नगरकाे सभाहलमा २ ओटा कार्यक्रम गरेकाे छ ।
पथरी स्वास्थ चौकीमा अहिले सम्म ११ सय २३ जनाकाे डेङ्गे भाइरस जाँच गरेकोमा ५ सय २६ जना डेङ्गे भाइरस सङ्क्रमण भएको नगर स्वास्थ शाखाले जानकारी दिएकाे छ । धरान उप महानगरपालिकाबाट डेङ्गे भाइरस सुरु भएको सुचना पाइसके पछी पथरी नगरले भरि रहेका प्रत्येक वडाम औसधि हान्ने काम भएको तथा ´ सर्च यान्ड डिस्ट्रोवे म्याथडबाट डेङ्गे भाइरसको नियन्त्रणमा लागेको नगर स्वास्थ्य शाखाकाे भनाई छ ।
अहिले पथरी स्वास्थ चौकी, नगर भित्रका क्लिनिक र अस्पतालमा डेङ्गे जाँच गर्नेको सङ्ख्या बढ्दै गएको छ । डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ । त्यसैले लामखुट्टेले फुल पार्न सक्ने संभावित घर र विद्यालय भित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाडाँहरू खोजी खोजी सफा गरौं र लामखुट्टेको फुल नष्ट गरौं ।
डेंगीका मूख्य लक्षणहरू
- उच्च ज्वरो आउन
- जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु
- आँखाको गेडी दुख्नु
- बेस्सरी टाउको दुख्नु
- शरीरमा राता बिमिराहरू आउनु
- वाकवाकी लाग्नु वा वान्ता हुनु
डेंगीबाट बच्ने उपायहरू:
- एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
- आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
- बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
- पूरै शरिर ढाक्ने लुगा लगाउने ।
- पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
- काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
- घर/विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क/बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
- कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।
-
डेंगीका लक्षणहरू देखिएमा के गर्ने ?
- स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।
- घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नकोलागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने ।
- अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।
(चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधी सेवन नगर्ने )
https://www.unicef.org/nepal/ne/%E0%A4%A1%E0%A5%87%E0%A4%82%E0%A4%97%E0%A5%80%E0%A4%83-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BF%E0%A4%A4-%E0%A4%B0%E0%A4%B9%E0%A5%8C%E0%A4%82-%E0%A4%B0%E0%A5%8B%E0%A4%95%E0%A4%A5%E0%A4%BE%E0%A4%AE-%E0%A4%97%E0%A4%B0%E0%A5%8C%E0%A4%82-%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%A3-%E0%A4%97%E0%A4%B0%E0%A5%8C%E0%A4%82