साइनाे समाचारदाता/केराबारी, २७ पुस ।
अवैध रूपमा सञ्चालित केराबारीका ४ ओटै क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । दर्ता भई नबिकरण नभएका र दर्ता नभई केराबारी ८ स्थित खदम खोलामा सञ्चालनमा आएका ४ ओटै क्रसर उद्योगहरु सोमबार देखि बन्द भएका हुन् । जिल्ला प्रशासन कार्यालय,घरेलु कार्यलय जिल्ला प्रहरी कार्यलय जिल्ला वन कार्यालय सहित विभिन्न टोलीले स्थलगत रुपमा आई क्रसर उद्योग वन्द गर्न गराउन परिपत्र गरेसंगै अनिश्चित कालका लागि बन्द भएको हो ।

केराबारीमा शिवम महादेव कृष्ण र खदम मिनरल इन्डष्टिज लगायतको क्रसर उद्योग संञ्चालनमा रहेका थिए । स्थानीय प्रशासनले क्रसर उद्योग बन्द गराए संगै खदम खोलाबाट चल्ने अधिकांस टिपर र ट्याक्टरहरु घरघरमा थन्किएका छन् ।