साइनाे समाचारदाता/पथरी, २५ पुस,
स्वदेशमै परिश्रम गरे सुन फलाउन सकिन्छ भन्ने उदाहरण दिएका छन भोजपुरका प्रकाश राईले । पैसा कमाउन पहाडबाट मधेस झरेका प्रकाश राईले लोकल कुखुरा पालेरै राम्रो आम्दानी गर्दै आएका छन् । भोजपुरबाट पथरी शनिश्चरे आएका राईले २ बर्ष देखि पथरी शनिश्चरे १० डाँस खोलाको किनारामा लोकल कुखुरा ब्यावसाय गर्दै आएका हुन ।
राईले २ बर्ष अगाडी करिब ६ धुर क्षेत्रफलको जग्गालाई सामान्य बेरबार गरेर १२ सय कुखुरा लगाएका थिए । प्रकाशले लकडाउन र बजार अभावका कारण ५ महिनामा अगाडी २ सय वटा चल्ला लगाएका थिए । प्रकाशले ५ महिनामा ६३ हजार ८ सय रुपौया आम्दानी गरेका छन । अझै १ लाख रुपैयाँ भन्दा बढीको कुखुरा प्रकाशको खोरमा रहेको बताउछन ।
स्थानिय सरकारबाट अनुदान लिने र लाखौं रुपैयाँ लगानी गरेर ब्यवसायिक कुखुरा पालक कृषकहरु असफल भईरहेको अवस्थामा प्रकाशको यो सफलता एउटा उदाहरण बनेको छ । विदेशी भुमिमा जस्तै स्वदेशमै मेहेनत गरे राम्रो आम्दानी हुने राईको मेहेनतले देखाउछ । २ बर्षमा तेस्रो लटका कुखुरा बेच्दै आएका राईले प्रतिकेजी ५ सय ८० रुपैयाँका दरले कुखुरा बेचेको बताउछन ।
परिश्रम गरे आम्दानी हुने बताउने प्रकाश राईले २ महिनाका चल्लालाई दाना नै खुवाउने गरेको बताउछन । त्यस पश्चात भने ६० प्रतिशत धान र मकैको दानालाई हरियो झारपात घाँस संग मिलाएर खुवाउने गरेको बताउछन । लोकल कुखुरा पालन गर्दा चल्ला अवस्थामा असाध्यै स्याहार गर्नु पर्ने प्रकाशको अनुभब रहेको छ ।