जाडोमा जेष्ठ नागरीकलाई ईलेक्ट्रिक जग वितरण - Sainokhabar
  • शनिबार, माघ १४, २०७९

जाडोमा जेष्ठ नागरीकलाई ईलेक्ट्रिक जग वितरण

साइनाे समाचारदाता/पथरी, २२ पुस
मोरङ पथरी शनिश्चर नगर उपप्रमुख देवि माया काफ्लेले नगरका सबै जेष्ठ नागरीक आमा बुबाहरुलाई सुरक्षीत रहन आग्रह गर्नु भएको छ । पथरी शनिश्चरे वडा नं. २ को ईलेक्ट्रिक जग वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी काफ्लेले उत्त कुरा बताउनु भएको हो । काफ्लेले जाडो मौसम बढ्दै गएकाले जेष्ठ नागरीका आमा बुबाले आफुलाई न्यानो बनाउदै सुरक्षीत रहन आग्रह गर्नु भएको हो ।

पथरी शनिश्चरे वडा नं. २ ले जेष्ठ नागरीकको स्वास्थलाई मध्य नजर गर्दै पानी तताउने जग वितरण गरेको छ । वडाले पहिलो चरणमा वडा भित्रका १ सय ४० जना जेष्ठ नागरिकलाई ईलेक्ट्रिक जग वितरण गरेको हो । जाडो बढे संगै वडाले अपाङ्गता भएका वडावासीहरुलाई भने फाईवरको सिरक वितरण गरेको छ ।
जाडो याम बढे संगै वडाले जेष्ठ नागरीकलाई तातो पानी खान सहज होस भनी १.८ लिटरको पानी तताउने जग र अपाङ्गता भएका ब्याक्तीलाई फाईवरको सिरक वितरण गरेको वडाध्यक्ष नैना राईले बताउनु भयो ।
समय र नगरवासीको आवश्यताको आधारमा वडाले लोकपृय कार्यक्रम ल्याएको वडा सदस्य चन्द्र कुमार राईले बताउनु भयो । वडा कार्यलय परिसरमा भएको कार्यक्रममा वडा सदस्य अम्बिका लिम्बु, चन्द्र राई, खिलनाथ घिमिरेको उपस्थीती रहेको थियो ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107