दुर्घटना भएको ३२ दिन पछि चालक र गाडी पक्राउ - Sainokhabar
  • शनिबार, माघ १४, २०७९

दुर्घटना भएको ३२ दिन पछि चालक र गाडी पक्राउ

साइनाे समाचारदाता/पथरी, १८ पुस, ईलाका प्रहरी कार्यलय पथरीले दुर्घटना भएको ३२ दिन पछी गाडी सहित चालक पक्राउ गरेको छ । मोरङ पथरीशनिश्चरे १० जिरिखिम्तीका युवराज खत्रीलाई दुघटना गराई फरार रहेको ना ५ ख ८८६३ नम्बरको ट्रिपर र त्यसका चालक समिर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


पुर्व पश्चिम महेन्द्र राजमार्गको पथरी कानेपोखरी सडक खण्डमा मंसिर १३ गते स्थानीय युवराज खत्रिको शव फेला परेको थियो । खत्रीको दुर्घटनामा परि मृत्यू भएको अवस्थामा स्थानियले भेटी प्रहरीलाई खवर गरेका थियो । लामो अनुशन्धान पछी प्रहरीले खत्रीलाई दुर्घटना गराउने ट्रिपर र चालकलाई पक्राउ गरेको हो ।

खत्रिकोे दुर्घटना गराएर फरार रहेको सवारी र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी बेदप्रसाद गौतमका अनुसार ना ५ ख ८८६३ नम्बरको ट्रिपर र त्यसका चालक उर्लाबारी ४ परिवर्तनटोलका समिर बिक रहेको जनाए ।
सवारी चालक बिकलाई शुक्रबार इटहरी देखी नियन्त्रणमा लिएको र ट्रिपरलाई शनिबार लेटाङबाट नियन्त्रणमा लिएको प्रहरीको भनाई रहेको छ ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107