इटहरी उपमहानगरपालिकाका कर्मचारी प्रहरी खोरमा - Sainokhabar
  • शनिबार, माघ १४, २०७९

इटहरी उपमहानगरपालिकाका कर्मचारी प्रहरी खोरमा

साइनाे समाचारदाता/ पथरी, १६ मंसिर,
पिक्नीक खान गएका इटहरी उपमहानगरपालिकाका कर्मचारी कुसुम पोख्रेल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मगरलाई मापसे गरि झगडा गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको होे । पिक्नीक खान आएका उपमहानगरपालिकाका कर्मचारीहरुले मगरलाई मापसे गरि प्रसासकृय अधिकृतलाई गालिगलैच गरेको र हातपात गरे पछि प्रहरी समक्ष बुझाएका थियो ।
इटहरी उपमहानगरपालिकाका कर्मचारीहरु १५ गते शुक्रबार पथरी शनिश्चरे स्थीत भुल्के सिमसार क्षेत्रमा पिक्नीक खान आएका थिए । छैटौ तहको कर्मचारी मगर इटहरी उपमहानगरपालिकाका वडा नम्बर ४ का वडा सचिव हुन । मगरको यो घटना भने पहिलो हैन । उनि सरकारी पदको दुरुपयोग गर्दै पटक पटक मदिरा सेवन गरि विबादमा आई रहने कर्मचारीहरु बताउछन हुन । शुक्रवार राती मगर इलाका प्रहरी कार्यलय पथरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यलय पथरी जनाएको छ ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107