लेटाङ ९ जाँतेमा सुधार केन्द्रको स्थापना - Sainokhabar
  • शनिबार, माघ १४, २०७९

लेटाङ ९ जाँतेमा सुधार केन्द्रको स्थापना

साइनाे समाचारदाता/ पथरी, २२ मंसिर

दुर्ब्यसनी मुक्त समाज निर्माण गर्ने उदेश्यकासाथ लेटाङ ९ मा उज्यालो जीवन प्रतिष्ठान नेपाल (सुधार केन्द्र) को स्थापना भएको छ ।उत्त कार्यलय आज एक कार्यक्रमका विच वडाध्यक्ष नन्द प्रसाद खतिवडाले उद्घाटन गर्नु भएको छ । उद्धघाटन कार्यक्रममा बोल्दै खतिवडाले नगर र वडाको दुर्ब्यसनी मुत्त समाज निर्माणमा अभियानमा लागेको सस्था प्रति शुभकामना ब्यात्त गर्दै वडा र नगरले सहयोग गर्ने बताउनु भयो ।लेटाङका जागरुक युवाहरुको समुहले दुर्ब्यसनीमा फसेका ब्यक्तिहरुलाई पुनःस्थापन गर्ने उदेश्यले सुधार केन्द्र संचालनमा ल्याईएको हो ।

उक्तप्रतिष्ठानमा हाल १५ जना दुब्र्यसनिमा फसेका ब्यक्तिहरुले उपचार गराईरहेका छन । उज्यालोजीवन प्रतिष्ठान नेपालले दुब्र्यसनिमा फसेका ब्यक्तिहरुलाई पुनःस्थापनाका साथै समाजमागएर जिवन जिउने आधारका लाति सिपमुलक तालिमको समेत ब्यवस्थापन गर्ने भएको ब्यावस्थापकदलबहादुर मगरले बताउनु भयो ।

नसा युक्त जिवन परिवार र समाजको लागि घातकबन्ने र प्रयोगकर्ताको स्वास्थ्यमा समेत गम्भीर समस्या आउने भएकाले यस समस्याबाट मुक्तहुनका लागि प्रतिष्ठानले सहयोग गर्ने संचालक रेवत राईले जानकारी दिनुभयो । उद्धघाटनकार्यक्रममा दुब्यसनी मुत्त अभियन्ता कमल सुनारले दुब्र्यसनीमा फस्दाका असर र अनुभवहरुसुनाउदै रिकभर भएका युवाहरुलाई समाजले पनि अवसर प्रदान गर्नु पर्ने बताउनु भयो । उद्घाटन कार्यक्रममा अस्थायी प्रहरी चौकीजाँतेका प्रमुख राम कुमार कटुवाल, समाजसेवी कमल राई , सोम राई, महाशेर राईलगायतको उपस्थिती थियो ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107