मोरङ १ मा कांग्रेसका डिग बहादुर लिम्बु निर्वाचित - Sainokhabar
  • शनिबार, माघ १४, २०७९

मोरङ १ मा कांग्रेसका डिग बहादुर लिम्बु निर्वाचित

साइनाे समाचारदाता\पथरी, १० मंसिर
मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्यमा नेपाली काग्रेंसका जिल्ला सभापति तथा संविधान सभा सदस्य डिग बहादुर लिम्बु विजयी हनु भएको छ । लिम्बुले नेकपा एमालेका संसद घनश्याम खतिवडालाई ४ सय ३० मतान्तरले पछि पार्दै विजयी हुन भएको हो ।


नेपाली काग्रेस डिगबहादुर लिम्बु २७ हजार २ सय ९७ मत ल्याउदा नेकपा एमाले घनश्याम खतिवडा २६ हजार ८ सय ६७ मत प्रप्त गर्नु भएको निर्वाचन अधिकृत कार्यलय मोरङ क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपाल थापाले बताउनु भयो । १ लाख २३ हजार ६ सय १५ मतदाता रहको मोरङ क्षेत्र नं. १ मा ६१.५८ प्रतिशत मत खसेको थियो । ७५ हजार ७३ खसेको मतमा लिम्बुले २७ हजार २ सय ९७ प्राप्त गर्नु भएको हो ।

क्षेत्र नं. १ (१) र (२) मा नेकपा एमालेले विजयी प्राप्त गरेको छ । १ (१) मा नेकपा एमालेका उमाकान्त गौतम १३ हजार ५ सय ३१ मतका साथ विजयी हुन भएको छ भने उहाँका निकटम प्रतिद्वन्दी गठबन्धन तर्लका उमेद्घार माओबादीका कुल प्रसाद साम्बाले १० हजार ४ मत पाउनु भएको छ । राष्ट्रिय प्रजातन्त्रका पुर्ण बहादुर वाईवाले ९ हजार १ सय ८४ मत पाउनु भएको छ ।


त्यस्तै मोरङ क्षेत्र नं. १ (२) मा नेकपा एमालेका खड्ग बहादुर बस्नेत विजयी हुनु भएको छ । बस्नेतले १४ हजार ५ सय ३९ मत पाउदा उहाँका निकटम प्रतिद्घन्दी लोकतान्त्रिक गठबन्धनबाट एकिकृत समाजबादीका १ नं. प्रदेश यातायात मन्त्रि उपेन्द्र प्रसाद घिमिरेले १३ हजार ८ सय ६३ मत प्राप्त गर्नु भएको छ ।
१० गते साझ १० बजे अन्तिम मतगणना सार्वजनी गर्दै निर्वाचन अधिकृत कार्यलय मोरङ क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपाल थापाले विजयी उमेद्घारलाई प्रमाण पत्र बितरण गर्नु भएको छ ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107