म स्वास्थ मन्त्रि हुन्न : शुनिल शर्मा नवनिर्वाचित प्रतिनिधी सभा सदस्य मोरङ ३ - Sainokhabar
  • शनिबार, माघ १४, २०७९

म स्वास्थ मन्त्रि हुन्न : शुनिल शर्मा नवनिर्वाचित प्रतिनिधी सभा सदस्य मोरङ ३

साइनाे समाचारदाता/पथरी, १० मंसिर
मोरङ क्षेत्र नं ३ मा नेकपा एमालेका पुर्व मन्त्रि भानुभत्त ढकाललाई २२ हजार ७ सय १६ मतले पछि पार्दै नेपाली काग्रेंसका डा. शुनिल शर्मा प्रतिनिधी सभा सदस्यमा विजयी हुनु भएको छ । लोकतान्त्रिक सत्ता गठबन्धनका शर्माले ४८ हजार ६ सय १३ मत साथ विजयी हुनु भएको मोरङ क्षेत्र नम्बर ३ निर्वाचन अधिकृत रामहरी काफ्लेले बताउनु भयो ।

निर्वाचन आयोग मोरङ क्षेत्र नम्वर ३ ले वजयी उमेद्वारलाई प्रमाण पत्र वितरण गरेको छ । प्रमाण पत्र कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य शुनिल शर्माले जनताको मतको कदर गर्दै इमान्दा पुर्वक काम गर्ने बताउनु भयो । पत्रकारको तपाई अब स्वास्थ मन्त्रि हो भन्ने प्रश्नमा उहाँले भन्नु भयो म मन्त्रि बन्दीन बने पनि स्वास्थ मन्त्रि नबन्ने उहाले बताउनु भयो । उहाँले भन्नु भयो हामी तिनै जना एउदै पालिकाबाट विजयी भएका छौं अबको ५ बर्ष तिनै जनाको सहकार्यमा अघि बढ्ने बताउनु भयो । अबको ५ बर्ष पछि यहाको जनताले शुनिल शर्मा आउ चुनाव लड हामी जिताउने छौ भन्ने काम गरेर देखाउने उहाँले बताउनु भयो ।

ढकालले निकटम प्रतिस्पर्दी बाम गठबन्धनका भानुभक्त ढकालले २५ हजार ८ सय ९७ मत पाउनु भएको छ । त्यस्तै राप्रपाकी नेत्र तथा नायीका रेखा थापाले १० हजार ९ सय ९८ मत प्राप्त गर्नु भएको छ । त्यस्तै स्वराष्ट्रियतन्त्र पार्टि (घण्टी) का विकास उप्रेतीले २ हजार ६ सय २६ मत प्राप्त गर्नु भएको छ ।
आयाेगले बेलबारी ३ भगवती मावीमा भएको अन्तिम मतगणना नतिजा सार्वजनीक गर्दै लोकत्तान्त्रिक गठबन्ध तर्फका नेपाली काग्रेंसका शुनिल शर्मालाई प्रमाण पत्र वितरण गरेको छ ।

 

त्यस्तै प्रदेश १ मा लोकतान्त्रिक सत्ता गठबन्धनका मानबहादुर लिम्बू विजयी हुनु भएको छ । उहाँले १९ हजार ७ सय ४९ मत पाउनु भएको छ भने उहाँका निकटम प्रतिस्पर्दी दिलिप कुमार राईले १४ हजार ८ सय १७ मत पाउनु भएको छ । प्रदेश ख मा भने बाम गठबन्धनका ज्ञनेन्द्र सुवेदी विजयी हुनु भएको छ । उहाँले १७ हजार ४ सय २८ मत पाउँदा उहाँका निकटम प्रतिस्पर्दी लोकतान्त्रिक सत्ता गठबन्धनका एकीकृत समाजबादिका लक्ष्मि कुमार श्रेष्ठले १० हजार १ सय २६ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत रामहरी काफ्ले जानकारी दिनु भयो । १ लाख ४९ हजार ८ सय ३३ मतदाता रहेको मोरङ क्षेत्र नं. ३ मा ९७ हजार ४ सय ६८ मत खसेको थियो ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107