साइनाे समाचारदाता/ पथरी असोज ३
मैथिली, भोजपुरी, राजवंशीका साथै थारु समुदायले विशेष महत्वका साथ मनाउदै आएको जितिया पर्व मोरङको पथरी शनिश्चरेमा पनि मनाईएको छ । पथरी शनिश्चरे वडा नं. ६ का महिला आमा दिदी बहीनीहरुले सामुहीक रुपमा यो पर्व मनाएका छन । जितिया पर्वको अवसरमा जितिया पर्व विशेष आयोजक समितिले १२ जना वृद्घ वृद्घालाई सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथी नेपाली काग्रेसका युवा नेता सुमन कुवरले दोसल्ला लगाएर सम्मान गर्नु भएको थियोप्रम्ख अतिथी कुवरले पौराणीक किम्बदन्ती बोकेको यो पर्वले सबै नेपालीको रक्षाको कामना गर्नु भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथी पथरी शनिश्चरे वडा नं. ६ का वडाक्ष्यक्ष कृष्ण बस्नेत, सुनवर्शी नगरपालिका वडा नं. १ का वडाध्यक्ष विरेन्द्र राई, निवर्तमान वडाध्यक्ष जयबहादुर तामाङ, लगायतले पर्वको महत्वोको बताउदै शुभकामना ब्यात्त गर्नु भएको थियो । कार्यक्रममा नचगान, गायन, हाजिरजवाफ लगायतका मनोरञ्जनका कार्यक्रम भएको थियो । बैजनाथ मण्डलको अध्यक्षमा भएको कार्यक्रममा कमल कट्वालले संचालन गर्नु भएको थियो ।

जितिया पर्वको महत्वो ।
मधेर समुदायका महिलाहरुले सन्तानको स्वास्थ्य र दीर्घायुको कामना गर्दै जितिया पर्व मनाउँने प्रचलन रहेको छ । आश्विन कृष्ण पक्षको सप्तमी देखि नवमी सम्म तीन दिन मनाइने यो पर्वको पहिलो दिन नहाई खाई अर्थात नुहाएर खाने दिनका रुपमा लिइन्छ । दोश्रो दिन जीवित पुत्रीका दिन अर्थात खर दिन पनि भनिन्छ र तेश्रो दिनलाई परान भनिन्छ ।
यो पर्वमा ब्रतालु आमाहरुले स्नान गरी चोखो हुने र तिथिको उत्तराद्र्धको समयमा ‘ओटघन’ गरी अष्टमी तिथिको आगमन हुनासाथ ब्रतको शुभारम्भ गर्छन् । ब्रतालुले सप्तमी तिथिको उत्तराद्र्धमा भोजन गर्छन, त्यसलाई ‘ओटघन’ भनिएको हो । आमाहरुले आफ्ना सन्तानको रक्षाका लागि जितिया ब्रत शुरु भएको जनविश्वास रहिआएको छ । सप्तमिको दिनमा चोखो निधो भई पानी पनि नखाई यो ब्रत बस्ने गरेका छन । थारू आफ्नै संस्कृतिमा रमाउने जाती हो । थारु जातिहरुले मनाउने मुख्य चाडपर्वहरुमा जितीया संगै बडा दशैं, त्यौहार, (तिहार देवाली), माघी पर्व मनाउने गर्दछन । थारु जातिको महान पर्व प्रत्येक बर्ष माघ १ गते नयाँ बर्षको रुपमा मनाउने गर्दछन ।