वर्ल्डलिङ्कको चाडपर्व अफर ईन्टरनेट र टिभिमा भारी छुट - Sainokhabar
  • शनिबार, असोज ०८, २०७९

वर्ल्डलिङ्कको चाडपर्व अफर ईन्टरनेट र टिभिमा भारी छुट

साइनाे समाचारदाता, दमक/ भदाै २७ मुलुककै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले चाडपर्व लक्षित बिभिन्न अफरहरु सार्वजनिक गरेको छ । वर्ल्डलिङ्कका देभरका कार्यालयहरु मार्फत ईन्टरनेट जडान गर्ने र गरिसकेकाहरुका लागि अफरहरु सार्वजनिक गरेको हो ।

वर्ल्डलिङ्क दमकका प्रमुख राजन तिम्सिनाका अनुसार नयाँ जोड्ने र नविकरण गर्ने दुबैका लागि आकर्षक प्याकेजहरु ल्याईएको बताए । सस्तोमा गुणस्तरीय ईन्टरनेटको सुविधा दिने अठोट सहित चाडपर्व लक्षित छुट सुविधाहरु लिएर आएका छौ, तिम्सिनाले भने ।

वर्ल्डलिङ्क दमक शाखाले बिभिन्न समयमा आकर्षक अफरहरु वितरण गर्दै ग्राहककाे मन  जित्न सपःल भएकाे तिम्सिनाले बताए ।

वर्ल्डलिङ्कले ईन्टरनेट जोडेका ग्राहकहरुको सुविधालाई ध्यान दिएर सस्तोमा गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउने जनाउदै कुनै प्राविधिक समस्या पर्दा तत्काल प्राविधिक पुगेर समस्या सामधान गर्ने वातवरण समेत बनाएको तिम्सिनाले जनाए ।

 

सम्बन्धित खवर