हराएको मोवाइल जिम्मा दिदै प्रहरी - Sainokhabar
  • शनिबार, असोज ०८, २०७९

हराएको मोवाइल जिम्मा दिदै प्रहरी

साइनाे समाचारदाता \पथरी, भदौ २२,

ईलाका प्रहरी कार्यलय पथरीले हराएका ५० भन्दा बढी मोवाइल पक्राउ गरेको छ । मोरङको पथरी शनिश्चरे आशपासमा बिभिन्न कारणले हराएका मोवाइलहरु प्रहरीले प्रक्राउ गरि मोवाइल धनिलाई जिम्मा लगाएको हो । प्रहरी उजुरीका आधारमा अनुशन्धान गरि ५० भन्दा बढी मोवाइल र ७ जना मोवाइल चोर पक्राउ गरि कार्वाही अगाडी बढाएको डि एस पि बेद प्रसाद गौतमले बताउनु भयो ।

ईलाका प्रहरी कार्यलय पथरीले २२ गते बुधबार १३ जना वटा मोवाइल धनिलाई मोवाइल जिम्मा दिएको छ । ईलाका प्रहरी कार्यलय पथरीमा २ सय बढि मोवाइल हराएको निबेदन परेको छ । प्रहरीले पक्राउ परेका मोवाइल सुरज मगर, बलबहादुर गजमेर, छेमा ढकाल, स्वस्तिका धिमाल, आशिका अधिकारी, समिर दाश दर्जी र संगिता लिम्बुलाई जिम्मा लगाएको छ । पक्राउ परेका सबै नाबालक, दुर्बेशनी र आमा बाबु बेगरका किशरहरु रहेका छन । मोरङमा चोरी भएको मोवाइल काठमाडौ र धनगढी सम्म पुगेको छ । प्रहरीले आइ एम ई र बिभिन्न प्रविधीको प्रयोग गरि मोवाइल फेला पारेको गौतमले बताउनु भयो ।

सम्बन्धित खवर