बहुमत नल्याउने भए कांग्रेसले गठबन्धन गरेर चुनाव लड्नुको औचत्यि छैन - नेता कोईराला - Sainokhabar
  • शनिबार, असोज ०८, २०७९

बहुमत नल्याउने भए कांग्रेसले गठबन्धन गरेर चुनाव लड्नुको औचत्यि छैन – नेता कोईराला

मोरङ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले बहुमत नल्याउने भए कांग्रेसले गठबन्धन गरेर चुनाव लड्नुको औचित्य नहुने बताएका छन् ।
गृहजिल्ला मोरङमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेसको एकल बहुमत आउन कम्तीमा १०० सिटमा उम्मेदवारी दिनुपर्ने बताए ।पार्टीको केन्द्रीय कार्य समिति बैठकले नै गठबन्धनबाट कांग्रेसको एकल बहुमत सुनिश्चित गर्ने भनेकाले सोही अनुसार सीट बाँडफाँटको प्रयास भइरहेको कोइरालाको भनाइ छ ।
उनले ८० । ८५ सिटमा उम्मेदवार दिएर कांग्रेसले बहुमत नल्याउने र उल्टै पार्टीमा विद्रोह हुने चेतावनी दिए । २०७४ सालमा कांग्रेस एक्लैले जितेका क्षेत्र छाड्न नसकिने उनले स्पष्ट पारे ।

सम्बन्धित खवर