सामुदायीक वनले वनको संरक्षण गर्नु पर्छ- वन मन्त्रि थापा - Sainokhabar
  • शनिबार, असोज ०८, २०७९

सामुदायीक वनले वनको संरक्षण गर्नु पर्छ- वन मन्त्रि थापा

वनलाई पर्यटकीय हव बनाउन सामुदायीक वनहरु लाग्न वन वातावरण तथा भु–संरक्षण मन्त्रि शेखर चन्द्र थापाले आवहान गर्नु भएको छ ।

मन्त्रि थापाले डाँस मोरङ्गी सामुदायीक वन उपभोत्ता समुहको २० औं साधारण सभामा बोल्दै जिवन र जनता संग सरोकार राख्ने विषय जनतालेनै संरक्षण गर्न सक्छ भन्ने अवधारणले सामुदायीक वन निर्माण भएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्वर १ का वन, वातावरण तथा भुसंरक्षण मन्त्रि शेखर चन्द्र थापाले जंगल, जिवन, जनता र जल जिवनका महत्वपुर्ण पक्ष भएका कारण यस्को संरक्षणमा सामुदायीक वनले ध्यान दिनु पर्ने बताउनु भयो ।

अब सामुदायीक वनले वनमा पर्यपर्यटन बढाउने, वन भित्र कृर्षी उत्पादन बढनउन र वनलाई उत्पादन संग जोड्न सामुदायीक वनले ध्यान दिन जरुरी रहेको बताउनु भयो । २० औं साधारण सभामा संबोधन गर्दै उपभोक्ता महासंघ प्रदेश १ सचिव अग्नि पौडेले सामुदायीक वनहरु पर्यावरण क्षेत्रको प्रचुर सम्भावना बोकेका नाफा रहित संस्था भएका कारण सरकारले आयकरको दायरामा राख्न नहुने बताउनु भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथी पथरी शनिश्चरे नगरपालिकी उपमेयर देविमाया काफ्ले लगाय सेक्टर वन डिभिजन वनका पदाधीकारीले मन्तब्य राख्नु भएको थियो । डाँस मोरङ्गी सामुदायीक वन उपभोक्ता समुहले २१ औ साधारण सभाको अवसरमा स्थानिय निकायमा निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा विपन्न सदस्यलाई खाट वितरण गर्दै, गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैशिक सामाग्री, गरिवी निवारण अन्तरगत राहत वितरण, आवाश निर्माणका लागि काठ दाउरा वितरण कार्यक्रम गर्दै आएको अध्यक्ष मदन पोख्रेलले बताउनु भयो ।

सम्बन्धित खवर