काममा फर्किए कृषि र गोर्खा टेलिभिजनका कर्मचारी - Sainokhabar
  • शनिबार, असोज ०८, २०७९

काममा फर्किए कृषि र गोर्खा टेलिभिजनका कर्मचारी

काठमाण्डौ २६ – केहि समय अगाडि बाट आन्दोलनमा उत्रिएका कृषि र गोर्खा टेलीभिजनका कर्मचारी पुनः काममा फर्कीएका छन् ।

टेलीभिजन प्रसासनले कर्मचारीले उठाएका माग सम्वोधन गरेपछि कर्मचारी पुन काममा फर्कीएका हुन । विगत आठ महिना बाट पारीश्रमीक नपाएको भन्दै कर्मचारी आन्दोलीत थिए । आफ्नो माग संवोधन नभएको खण्डमा कर्मचारीहरु श्रमजीवि पत्रकार संघ, पत्रकार महांसघ लगायतका निकायमा जान बाध्य हुने बताएका थिए ।

संस्थामा रहेको पारीश्रमीकको समस्या संस्थागत रुपमै समाधान भएकाल टेलीभिजन बाट प्रसारण हुने नियमित कार्यक्रम सुरु भएको छ । विभिन्न निकायलाई ध्यानकार्षण गराउनु पुर्वनै कर्मचारीको माग संवोधन भएको प्रति कर्मचारीले खुसी ब्यक्त गरेका छन् ।

सम्बन्धित खवर