पथरीको कन्तुर सहकारीको वार्षिक साधारणसभाः अढाइ करोड आम्दानी - Sainokhabar
  • शनिबार, असोज ०८, २०७९

पथरीको कन्तुर सहकारीको वार्षिक साधारणसभाः अढाइ करोड आम्दानी

पथरी । मोरङको पथरीशनिश्चरेमा रहेको कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ औं वार्षिक सभा सम्पन्न गरेको छ ।

पथरी क्षेत्रकै पुरानो सहकारीका रुपमा स्थापीत सहकारीले एक वर्षमा २ करोड ५३ लाख भन्दा बढी आम्दानी गरेको जनाएको छ । विहिवार पथरी स्थित नर्वदेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा संस्थाले एक वर्षमा २ करोड ५३ लाख १५ हजार २ सय ९५ रुपैयाँ ९८ पैसा आम्दानी गरेको जनाएको छ ।साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार ऋण लगानीबाट ब्याज २ करोड ३ लाख ७७ हजार ६ सय ११, रेमिट्यान्स आम्दानी २३ हजार १ सय ९०, कृषि फर्मबाट १ लाख ३८ हजार ४ सय २५ लगायतको शीर्षकमा आम्दानी उल्लेख छ ।

यस्तै सहकारी संस्थामा १८ करोड ९० लाख ३९ हजार ८ सय ८५ रुपैयाँ ११ पैसा पुँजी रहेको छ ।संस्थाको शेयर पुँजी ३ करोड २ लाख ९८ हजार ८०० उल्लेख रहेको प्रतिवेदन सस्थाका कोषाध्यक्ष चन्द्रबहादुर खड्काले प्रस्तुत गरेका थिए ।१ हजार ५ सय २६ शेयर सदस्य रहेको सस्थाको यो वर्षको खुद नाफा भने ६१ लाख ६२ हजार ५४० रहेको सस्थाका सचिव योजराज मिश्रले बताए ।

कार्यक्रमका प्रमुख अथिती सोही सस्थाका शेयर सदस्य समेत रहेका पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १ का अध्यक्ष भिमकुमार राईलाई सम्मान समेत गरेको थियो । सम्मानित प्रमुख अथिती राईले कार्यक्रमलाई सम्वोधन गर्दै सहकारीको विकास र उत्थानका लागि वडाको तर्फबाट समपुणर् सहयोग रहने बताए ।संस्थाका अध्यक्ष ओमप्रसाद लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा सचिव योगराज मिश्रले सञ्चालन गरेको थिए । कार्यक्रम राष्ट्रिय सहकारी बैंक लि.उर्लाबारी शाखा प्रमुख विनोद चुडाल, संस्थाका सल्लाहकार सुर्य श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर