प्रथम तरुण गोल्डकप बेलबारीमा हुने - Sainokhabar
  • शनिबार, असोज ०८, २०७९

प्रथम तरुण गोल्डकप बेलबारीमा हुने

साइनाे समाचारदाता बेलबारी/ नेपाल तरुण दल क्षेत्र नंम्बर ३ को आयोजनामा  भदौ २१ गतेदेखि असोज ५ गतेसम्म बेलबारी  १० भाउन्ने स्थित प्रस्तावित डाँगिहाट रंगशालामा तरुण गोल्डकप आयोजना हुने भएको छ ।

नेपालमै पहिलो पटक तरुण दलको आयोजनामा हुने प्रतियाेगिताकाे विजेताले नगद २ लाख १ हजारका साथ ट्रफि मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै दोश्रो हुने टिमलाइ १ लाख १ हजार नगद ट्रफि मेडल र प्रमाणपत्र पाउने छ । ‘तरुण दलले नै गर्छ सारा युवाहरुको एकता, खेलकुदले नै गर्छ, जीवन स्वास्थ्य राख्ने प्रतिवद्धता’ भन्ने मुल नारा सहित हुन लागेको गोल्डकपले युवाहरुको एकता मात्र नभएर खेलकुद क्षेत्रको समग्र विकासका लागि कोशेढुङ्गा सावित हुने भन्ने तरुण दल क्षेत्र नम्बर ३ का सभापति छत्र लिम्बुले बताए ।

प्रतियाेगितामा साथै प्रतियोगितामा बेलबारीका ८, सुन्दरहरैंचाका ६, पथरीशनिश्चरेका ८ र कानेपोखरीका ४ वटा वडाका २६ वटा टिमहरु सहभागी हुनेछन् । प्रतियाेगितामा बिभिन्न बिधाका साथ प्रत्येक खेलमा म्यान अफ दि म्याच समेत प्रदान गरिने कार्यक्रममा खेल संयोजक युबेन गुरुङले बताए । भाउन्ने स्थीत सभाहलमा प्रतियोगिताका बारेमा शुक्रबार पत्रकार सम्मेलनकाे आयोजित गरि जानकारी दिईयो छ।

सम्बन्धित खवर