पथरी शनिश्चरेका ८ विद्यालय र बिद्यार्थीकाे शिक्षण सिकाई समस्या, नगर ठेक्काकाे पैसा फिर्ता गर्नै ब्यास्त - Sainokhabar
  • शनिबार, असोज ०८, २०७९

पथरी शनिश्चरेका ८ विद्यालय र बिद्यार्थीकाे शिक्षण सिकाई समस्या, नगर ठेक्काकाे पैसा फिर्ता गर्नै ब्यास्त

साइनाे समाचारदाता/पथरी,साउन २८ संघिय सरकारको अनुदान अन्तरगतको शिक्षण सिकाई अनुदान कोटा नथपिदा मोरङ पथरी शनिश्चरेका ८ विद्यालयका १६ शिक्षक शिक्षिका, विद्यालय र बिद्यार्थीकाे शिक्षण सिकाई समस्या आएकाे छ । पथरी शनिश्चरे नगरले समयमै शिक्षक तथ्याङक नपठाएका कारण नगरका ८ बिध्यालयका १६ शिक्षक बिद्यालय र बिद्यार्थीमा समस्यामा परेका बिद्यालय प्रसासन र कार्यरत शिक्षकले बताएका छन । तर नगर भने सम्झौता र आर्थिक ऐनमा छुट दिने ब्यावस्था नभएकाे डाँस खोला ठेक्का प्रकरणमा ठेक्केदार कम्पनीलाई ६४ लाख फिर्ता गर्न ब्यास्त रहेकाे छ ।

संघिय सरकारको अनुदान कोटा नथपिदा १६ शिक्षक शिक्षिकाले बिद्यालय छोड्नु पर्ने बाध्यता रहेको छ । नगरले समयमै शिक्षकको विवरण नपठाएका कारण शिक्षक शिक्षिका पढाउने कि नपढाउने अन्योलमा रहेका छन । कति शिक्षकले अन्योलका कारण जागिर छाडेका छन भने कति नगरले केहि ब्यावस्था गर्छकी भनेर पर्खाईमा रहका छन ।

तिनै तहका सरकारको अन्योलका तथा नगरकाे गैर जिम्मेवारीका कारण गरिव जनताका छाेरा छाेरीकाे शैक्षिक सिकाई र विद्यालयमा शिक्षक शिक्षिकाकाे अभावकाे समस्या उत्पन्न रहेका विद्यालय ब्यावस्थापन समिति, प्रध्यानध्यापक बताउछन ।

जिरो दर्वन्दि रहेका बिध्यालयमा शैक्षिक सिकाई सहज गराउन संघिय सरकारले ७७ जिल्लामा करारमा शिक्षक नियुक्ति गरेको थियो । सरकारले सोहि कार्यक्रम यस बर्ष पनि निरन्तरता दिएको छ । तर पथरी शनिश्चरे नगरले समयमै शिक्षक तथ्याङक नपठाएका कारण बिद्यालयका बिद्यार्थी, नगरका ८ वडा बिध्यालय र १६ जना शिक्षक समस्यामा परेका छन । २०७७ जेठ देखि नियुक्ती भएका १६ जना शिक्षकहरु २ बर्ष सेवा सुविधा पाएका थिए । यस आर्थिक बर्षमा पनि राज्यले उत्त कार्यक्रममलाई निरन्तरता दिएको छ । तर नगरको शिक्षा शाखाले तथ्याङक नपढाएका कारण आफुहरु पढाउने कि नपढाउने भन्ने दुबिधामा रहेका पिडित शिक्षक बताउछन ।

मावि तहमा संघिय सरकारको अनुदान अन्तरगतको शिक्षण सिकाई कोटाबाट कक्षा संचालन हुदै आएको विध्यालयका दुबै शिक्षकले नहुदा बिद्यालय र बिद्यार्थीमा समस्या उत्पन्न सुरु भएको छ । अध्यापन गराउदै आएको शिक्षक अभावका कारण आफ्नो शिक्षण शिकाईमा समस्या आउनेमा बिद्यार्थीहरु चिन्तित छन् ।

२०७४ पछि निर्वाचित जनप्रतिनिधीले नगरकाे शिक्षाका लागि विद्यालयमा स्वयम सेवक शिक्षक नियुक्ति गरेको थियो । संघिय सरकारले जिरो दर्वन्दी भएका बिध्यालयमा शिक्षक पदपुर्ति कार्यक्रम ल्याए पछि नगर स्वयम सेवक शिक्षक कार्यक्रम हटाएर संघिय सरकार मार्फत शिक्षण सिकाई कोटामा नियुक्ति गरेको थियो । तर २०७९ पछि निर्वाचित जनप्रतिनिधीले नगरले पहिलो प्राथमिक्तामा शिक्षा राख्दै २ करोड १० लाख बजेट बिनियोजन गरेका छन । तर शिक्षण सिकाई कोटामा नियुक्ती भएका शिक्षकबाट गरिवका छोरा छोरीले पाउदै आएको शैक्षिक सिकाईमा  भने नगरले हेलचेकराई गरेको देखिन्छ । नियम बिपरित खोला ठेक्का प्रकृयामा ६४ लाख फिर्ता गर्न अघि बढेको स्थानिय सरकार गरिवका छोरा छोरीको उज्जल शिक्षाका लागि भने गैर जिमेवारी बनेको छ ।

शिक्षा शाखा प्रमुख सालिग्राम काफ्ले भने नगरले सबै प्रकृया पुरा गरि पठाएको र पछि पनि बुझ्दा के कति कारणले छुट्न यो पथरी शनिश्चरे नगरको मात्र समस्या नरहेको अन्य पालिकामा समेत यस्तो भएको बताए ।

नगरमा २८ ओटन सामुदायीक विध्यालय रहेका छन । जस अन्तरगत संघिय सरकारको शिक्षण सिकाई अनुदान कोटा अन्तरगत सुनाखरी मावि पथरी शनिश्चरे १, सुगाहाट मावि पथरी शनिश्चरे ५, चन्द्रकिरातेश्वर मावि पथरी शनिश्चरे ७, बाल कल्याण मावि पथरी शनिश्चरे ७, सरस्वती निमावि, जाल्पा सिंहदेवी निमावि, रामजानकी निमावी र दुर्गा निमावी रहका छन ।

सम्बन्धित खवर