एसईई पास विद्यार्थीहरूलाई वाल्मीकिको बधाई, विदाई तथा शुभकामना - Sainokhabar
  • शनिबार, असोज ०८, २०७९

एसईई पास विद्यार्थीहरूलाई वाल्मीकिको बधाई, विदाई तथा शुभकामना

साइनो समाचारदाता पथरी /साउन २०
मोरङ्गको पथरीशनिश्चरे २ मा स्थिापित वाल्मीकि मेमोरियल सेकेण्डरी बोर्डिङ्ग स्कुलले एसईई परिक्षा उतिण विद्यर्थीहरुलाई एक कार्यक्रम मार्फत बधाई, विदाई तथा शुभकामना दिएको छ । गत शैक्षिक सत्रमा २०७८ मा सामेल ९४ विद्यार्थीले एसईई परिक्षा उतिण गरेका थिए ।


२१ औं ब्याज एसईई उतिर्ण गराएको वाल्मीकि मेमोरियले पथरी शनिश्चरेमै उत्कृष्ट नतिजा निकालेको विद्यालयका प्रिन्सिपल चन्द्र प्रसाद दुलालले बताउनु भयो । शैक्षिक सत्र २०७८ मा ९४ जना परीक्षार्थी मध्ये ३.६ जीपिए भन्दा माथि १३ जना, ३.२ जीपिए भन्दा माथि २९ जना, २.८ जीपिए भन्दा माथि २४ जना, २.४ जीपिए भन्दा माथि २४ जना , २.० भन्दा माथि २ जना र २.० भन्दा तल २ जनाले नतिजा हासिल गरेको विद्यालयका छन ।
२१ औं ब्याज आउदा त्रिसा विष्टले ३.८५, तपस्या अधिकारी ३.८०, र यूना धिमालले ३८० जीपिए ल्याएर सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको विद्यालयका निर्देशक नवल किसोर खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला प्याव्सन सदस्य उपेन्द्र कंँडेल र पथरीशनिश्चरे नगर सचिव सन्तोष बस्नेतले विद्यार्थीहरुलाई शुभकामना र बधाई दिनु भएको थियो भने अभिभावक संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले उज्जल भविश्यको कामना सहित शुभकामना ब्यात्त गर्नु भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूलाई विद्यार्थीको सामुहीक तस्विर मायाको चिनो प्रदान गरिएको थियो भने विद्यार्थी संगै उपस्थीत अभिभावकहरूले खुसी साटासाट गरेका थिए । सिनभिलेज पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा शिक्षिका मिना तामाङले कार्यक्रम संचालन गर्नुभएको थियो ।

सम्बन्धित खवर