वडाको सिफारिसमा जिल्लाले धनी पूर्जा वितरण गर्ने : राष्ट्रीय भुमि आयोग - Sainokhabar
  • आइतबार, साउन २२, २०७९

वडाको सिफारिसमा जिल्लाले धनी पूर्जा वितरण गर्ने : राष्ट्रीय भुमि आयोग

साइनाे समाचारदाता/पथरी
असार १५, भुमि हिन सुकुम्बासीले धनिपुर्जा पाउने भएका छन । बेलबारीमा भएको ८ पालिका स्तरिय प्रशिक्षण कार्यक्रममा बोल्दै राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौलाले जति चाडो वडाले सिफारिस गर्छ उत्तिनै छिटो जिल्ला समितिले धनी पूर्जा वितरण गर्ने बताउनु भएको छ ।
अध्यक्ष निरौलाले विगतका आयोगका अधुरा कार्यसम्पादन तथा हाल सम्मको कार्यप्रगती तथा आगामी कार्ययोजना निर्माण सम्बन्धी जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष निरौलाले वडाले छिटो भूमिहीनको पहिचान गरि जिल्लामा पठाउन आवहान गर्नु भएको छ ।

उहाँले धनी पुर्जा प्राप्त गर्ने प्रक्रिया स्थानीय तहबाट सुरु हुने भएकोले नव निर्वाचित जनप्रतिनिधिहरू सँगको अन्तत्र्रिmया गर्नु परेको उल्लेख गर्नुभयो । आयोगले उत्त कार्य सम्पन्न गर्न स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरू सँग अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरेको थियो ।
नगर र गाउँपालिकाका अरु थुप्रै काम भएकोले भूमिहीनलाई धनी पुर्जा वितरण गर्ने काम कम प्राथमिकतामा परेको बताउँदै अध्यक्ष निरौलाले स्थानीय तह जति बढी सक्रिय हुन्छ । उति नै चाँडो भूमिहीनहरू जग्गा धनीपूर्जा पाउने उल्लेख गर्नुभयो ।

आयोगले जग्गाको वर्गिकरण गरेर शहरी र कृषि क्षेत्रमा छुट्टा छुट्टै जमीन दिने ब्यवस्था गरेको छ । शहरी क्षेत्रमा आवासका लागि १३० वर्गफिट भन्दा बढी दिन नसकिने ब्यवस्था आयोगले गरेको छ । आयोगले जग्गाको वर्गीकरण गर्ने अधिकार स्थानीय सरकारलाई दिइएको र स्थानीय तहले तोकेको स्थानमा मात्र आयोगले काम गर्ने आयोगका प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीले बताउनु भयो ।

सरकारले नीति तथा कार्यक्रममा ५ लाख भूमिहीन सुकुम्बासीलाई धनीपुर्जा वितरण गर्ने कार्ययोजना बनाएको छ । आयोगका मोरङ अध्यक्ष सुशीला घिमिरेको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा मोरङका रतुवामाई, उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचा नगरपालिका र कानेपोखरी र बुढीगङ्गा गाउँपालिकाका प्रमुख, उप प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर