पथरीमा चेतना जगाउदै “सचेत युवा समुह” - Sainokhabar
  • शनिबार, साउन २१, २०७९

पथरीमा चेतना जगाउदै “सचेत युवा समुह”

साइनाे समाचारदाता/ पथरी
असार ११, नगर सफाईको अभियानलाई निरन्तरता दिदै आएको सचेत युवा समुहले पथरी हाइवोमा चल्ने सवारी साधनमा डस्विन राख्न अनुरोध गरेका छन । गाडीमा सवार यात्रुहरुले प्रयोग गरेका काम नलनग्ने सामानहरु गाडी भित्रै संकलन गर्न चालक र सहचालकलाई अनुरोध गरेका छन । प्रत्येक शनिवार बिहान ७ देखी ९ बजे सम्म सामाजिक कार्यमा समय खर्चिदै युवाहरुको समुहमा जोडिने क्रम बढ्दो छ । सचेतना संगै समुहले पुर्व पश्चिम बस पार्कमा सचेतना बोर्ड राखेका छन । “सके सफा गर्रौ नसके फोहोर नगरौं” भने सन्देश दिने बोडले फोहोर हुन केहि कम हुने अभियानका संयोजक सुमन शर्माले बताए ।

स्वच्छ र सफा पथरी शनिश्चरे बनाउने उदेश्यका साथ गठन भएको समुहले प्रत्येक शनिवार बिहान ७ बजेबाट सचेतना अभियानमा निस्कने गरेको अभियानका सह संयोजक नमिरा पौडेलले बताइन ।
यस अघि अभियानले पथरी बजारमा सचेतना झल्कने पोष्टर टास्ने, पसलहरुमा डस्विनको प्रयोग गर्ने, पथरी बजारको फोहोर संकलन गर्ने गर्दै आएको छ । नियमित शनिबार सरसफाइ सम्बन्धी अभियान थालेको समुहले फोहर ब्याबस्थानपनका लागी नगरपालिकालाई ध्यान आकर्षण समेत गराएको छ ।

सम्बन्धित खवर