भारतको हिमाञ्चल प्रदेशको परवानूमा एउटा केबलकार बीचबाटोमा अड्किँदा यात्रुहरु दुई घन्टादेखि फसेका छन्।
यद्यपि फसेकाहरुको उद्धारमा ट्रली परिचालन गरिसकिएको छ भने ३ जनाको सकुशल उद्धार भइसकेको छ।फसेका सबै पर्यटकहरु सकुशल रहेको सुरक्षाकर्मीले जानकारी दिएका छन्।सोमबार दिउँसो प्राविधिक समस्याका कारण केबलकार बीचमै अड्किँदा ११ जना पर्यटक फसेको हिन्दुस्तान टाइम्सले लेखेको छ।केबलकारमा अड्किएका सबै जना नयाँ दिल्लीका हुन्।