मोरङको बेलबारी नगरपालिका–११ मा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडी सवार एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा सोही नगरपालिका–१० का ३१ वर्षीय कुसुमलाल धिमाल रहेका छन्। गम्भीर घाइते भएका कुसुमलाललाई उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।घाइते भएका मोटरसाइकल पछाडि सवार मोरङकै पथरीशनिश्चरे नगरपालिका–६ का २८ वर्षीय रमेश धिमालको सोही अस्पतालमै उपचार भइरहेको छ। घाइते रमेशको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ।को २० प ७७५२ नम्बरको मोटरसाइकल आज दिउँसो सवा १२ बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।