पथरी शनिश्चरेमा सचेतना जगाउदै “सचेत युवा समुह” - Sainokhabar
  • आइतबार, असार १९, २०७९

पथरी शनिश्चरेमा सचेतना जगाउदै “सचेत युवा समुह”

साइनाे समाचारदाता पथरी/  नगर सफाईको अभियानलाई निरन्तरता दिदै सचेत युवा समुहले पथरी हाइवोका पसलहरुमा पोष्टर टासेर सचेतना जगाएका छन । बजारका मुख्य मुख्य फोहोर निस्कने पसलहरुमा डस्विनको प्रयोग गर्न समेत अनुरोध गरेका छन । पथरी शनिश्चरेका युवाहरुले सुरु गरेको अभियानको तेस्रो साता जेठ २८ जनचेतना जगाउने पोष्टर टासेका हुन । स्वच्छ र सफा पथरी शनिश्चरे बनाउने उदेश्यका गठन भएको समुहले प्रत्येक शनिवार बिहान ७ बजे बाट सचेतना अभियानमा निस्कने गरेको अभियानका संयोजक सुमन शर्माले बताए ।


अभियानले गएको शनिवार पथरी बजारमा सचेतना भल्कने पोष्टर टास्नुका साथै पसलहरुमा डस्विनको प्रयोग गर्न सुझाव दिएका छन । नियमित शनिबार सरसफाइ सम्बन्धी अभियान थालेको समुहले फोहर ब्याबस्थानपनका लागी नगरपालिकालाई ध्यान आकर्षण समेत गराएका छन ।


सचेत युवा समुहले कार्यक्रम समापन पछि नगर प्रमुखलाई भेटि ब्यापारीका समस्या र सचेत युवा समुहले गर्दै आएको अभियानका बारेमा जानकारी गराएका छन । समुहको सकृयतालाई निरन्तरता दिन र नगरको सहयोग आवश्यक परे नगर सहयोग गर्न तयार रहेको नगर प्रमुख मोहन तुम्बापोले जानकारी दिनु भयो । चुनावका कारण फोहोर मैला ब्यावस्थापनमा केहि ढिलाई भएको भन्दै चाडौ ब्यापारीका समस्या र फोहोर ब्यावस्थापनको समस्या समाधान गर्ने तुम्बापोको भनाई छ ।

सम्बन्धित खवर