नवनिर्वाचित जनप्रतिनिधीहरुलाई प्याव्सनको बधाई तथा शुभकामना, पुस्तककार तिम्सीना सम्मानीत - Sainokhabar
  • शनिबार, असार १८, २०७९

नवनिर्वाचित जनप्रतिनिधीहरुलाई प्याव्सनको बधाई तथा शुभकामना, पुस्तककार तिम्सीना सम्मानीत

साइनाे समाचारदाता पथरी/ निजि तथा आवाशिय विद्यालय अर्गनाईजेशन नेपाल पथरी शनिश्चरे नगर कमिटि (प्याब्सन) ले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । प्याब्सन नगर कमिटिले सोहि कार्यक्रममा आफ्नो पुस्तकद्धारा पथरी शनिश्चरेको विकाशमा योग्दान पुराउन सफल रहेका लेखक दिपेन्द्र तिम्सीनालाई सम्मान गरेको छ ।


प्याब्सनले पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, नगर उपप्रमुख देविमाया काफ्ले सहित वडा नं. १ का वडाध्यक्ष भीम राई, २ का नैनसिंह राई, ३ का विजय लिम्बु, ४ का लोककिरण न्यौपाने, ५ का तेजेन्द्र खड््का, ६ का कृष्णकुमार बस्नेत नं ७ का उद्धव राज बस्नेत, ८ का नवीन कार्की, ९ का विरबाहादुर राई र १० का जीवन खतिवडालाई बधाई, शुभकामना, मायाको चिनो सहित नेपाली टोपी लगाएर सम्मान गरेको हो ।


कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहन तुम्वापोले निजी तथा संस्थागत विद्यालयहरूले सरकारलाई ठुलो सहयोग गरेको बताउनु भयो । नगर प्रमुख तुम्बापोले सरकारले थेग्न नसकेको शिक्षाको भार निजि विद्यालयहरुले निजि सम्पती लगानि गरेर गुणस्तरीय शिक्षा प्रदान गर्दै बालबालीकाको उज्जल भविष्यबनाउन सहयोग गरेको बताउनु भयो । प्याब्सनको समस्या समाधानका लागि पथरीशनिश्चरे नगरपालिकाले सहयोग गर्ने बताउँदै सरकारले घोषण गरेको आईतबार विदामा विद्यालयको शैक्षिक पठनपाठनको कार्य संचालन हुने बताउनु भयो ।


कार्यक्रममा नगर प्याव्सन सल्लाहकार नवोलकिशोर खनालले “शुल्क निर्धारण तथा हप्तामा दुई दिने सार्वजनिक विदा दिने सन्दर्भमा पून विचार गरी व्यवहारिक र न्योयोचित निर्णय गर्न जोड दिनु भएको थियो ।
कार्यक्रमा बोल्दै वडाध्यक्ष भिम रार र लोककिरण न्यौपानेले नगरका प्याव्सन अन्तर्गतका विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै रोजगारी र नगरलाई कर तिर्दै सहयोग पुर्याएमा प्रशंसा गर्नुभयो ।
प्याब्सन नगर कमिटी अध्यक्ष सुरेन्द्र लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ जिल्ला प्याव्सनका सदस्य उपेन्द्र कडेल, राजु तिमिल्सिना, प्याव्सन सल्लाहकार नवोलकिशोर खनाल, टिका दंगाल, नगरका शिक्षा तथा खेलकुद शाखाका प्रमुख शालिकराम काफ्ले, इलाका प्रहरी कार्यलय पथरीका प्रमुख डिएसपी वेदप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर