अलपा देवि ज्येष्ठ नागरीक चौतारीकोे तेस्रो बार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न - Sainokhabar
  • बुधबार, साउन २५, २०७९

अलपा देवि ज्येष्ठ नागरीक चौतारीकोे तेस्रो बार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

सरोज निरौला/ बुद्धशान्ति १५ जेष्ठ
झापाको बुद्धशान्ति गाँउपालिका वडा नम्बर २ जयपुर स्थित अलपा देवि ज्येष्ठ नागरीक चौतारीले आफ्नो तेस्रो बार्षिक उत्सव तथा सम्मान कार्यक्रम आज सम्पन्न गरेको छ । चौेतारीका अध्यक्ष बर्मलाल सुवेदिको अध्यक्षता बुद्धशान्ति गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्ली ओली (गोपालको) प्रमुख आतिथ्यता, जेष्ठ नागरीक झापा जिल्ला सदस्य लिला ढकालको विषिष्ठ आातिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य, ,भिन्नि वडाका ज्येष्ठ नागरीक समाजका पधादीकारी, विभिन्न पार्टीका प्रतिनिधि सञ्चाकर्मी स्थानीय लगायतको उपस्थिती रहेको थियो ।
विभिन्न क्षेत्रमा छरिएर रहेका ज्येष्ठ नागरीक हरुको प्रतिभा प्रस्फुटन गर्ने र सबैको भावनालाई एकिकृत गर्न स्थापना गरीएको उक्त चौतारीले आफ्नो तेस्रो बर्ष पुरा गरेको उपलक्ष्यमा स्थानीय ४ जना ज्येष्ठ नागरीकलाई सम्मान समेत गरेको छ । यसरी सम्मान पाउनुहुनेमा खड्ग पनेरु,दयाराम सुवेदी,दुर्गा नेपाल र गंगादेवि घिमिरे रहनु भएको छ ।
वहाँहरुलाई प्रमुख अतिथि वडा सदस्य लगायतको बाहुलीबाट खादा र अबिर लगाई सम्मान गरिएको थियो । कार्यक्रममा कविता,गीत, नाटक, नृत्य लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरीएको थियो । करीब ५० जना भन्दा बढिको सहभागीता रहेको कार्यक्रमको सञ्चालन चौतारीका सदस्यद्धय माधव न्यौपाने र प्रभा भट्टराईले संयुक्तरुपमा गर्नुभएको थियो ।

सम्बन्धित खवर