बालेन र हर्कको जितमा पथरी बजार सफाई - Sainokhabar
  • बुधबार, साउन २५, २०७९

बालेन र हर्कको जितमा पथरी बजार सफाई

साइनाे समाचारदाता पथरी/ जेठ १५
सामाजिक संजालका एक समुहले बालेन शाहा र हर्क साम्पाङको जितमा खुसियाली मनाउदै पथरी बजार सफाई गरेका छन । “सचेत युवा समुह पथरी शनश्चिरे” नामको ग्रुप पेजका सदस्यहरुले शाहा र सम्पाङको जितमा धन्यबाद आदन प्रदान संगै पथरी शनिश्चरेको महेन्द्र राजमार्ग सरसफाई गरेका हुन ।

पथरी बजारको ट्राफिक चोक देखी पथरी खोला सम्म सफाई गर्दा निस्कीएको १० बोरा फोहोरलाई डम्पीङ साईडमा लगेर बुझाएका हुन । स्वतन्त्र उमेद्वारको विजयी आदन प्रदान र सरसफाई अभियानमा एम आर आर, डब्लु आर आर, दाह्री ग्याङ, पथरी जेसिस, टिन्र्स ग्रुप, फेमिना लगायतका समुहहरुको सहभागिता रहेको थियो । उत्त समुहले आउदो साता समेत सचेतना कार्यक्रम गर्ने टिमका संयोजक सुमन शर्माले बताए ।

राजनितीबाट दिक्क भएका पथरी शनिश्चरेका युवा युवतीहरुको सफाई कार्यले राजनिती दललाई भने गिज्याएको छ । ३०/३२ जनाको समुहले पथरी शनिश्चरेको महेन्द्र राजमार्गमा फोहोर टिपि रहदा स्थानिय गुरुङ दाईले फोहोर बोक्न आफ्नो यातायात साधन सहयोग गरेका थिए । शाहा र साम्पाङको विजयी उत्सव मनाउने युवाहरुको टिमलाई बधाई र हौसला बढाउने धेरै स्वतन्त्र नागरीकहरु निस्कीएका थिए ।
निर्वाचन यता स्वतन्त्र उमेद्वारको विजयी र यस्ता सामाजिक कार्यहरुमा युवाहरुको सहभागिता उलेख्नीय रहेको देखिन्छ । सामाजीक अभियानका साथ सरसफाईमा युवाहरु जुटिरहदा भरखरै चुनावमा युवा परिचालन गर्ने पथरी शनिश्चरेका राजनितीक दल भने मैन बसेको देखियो । यि र यस्ता सामाजिक अभियानका कार्यले राजनैतीक दललाई नराम्रो झापड हानेको सहजै अनुमान लगाउन सकिन्छ ।

सम्बन्धित खवर