नवनिर्वाचित जनप्रतिनिधीहरुलाई लर्ड बुद्ध सहकारीको सम्मान - Sainokhabar
  • शनिबार, असार १८, २०७९

नवनिर्वाचित जनप्रतिनिधीहरुलाई लर्ड बुद्ध सहकारीको सम्मान

साइनाे समाचारदाता पथरी/  जेठ १४  सहकारीको माध्यमबाट समाजमा सकरात्मक र उदाहरणीय काम गर्दे आएको पथरी शनिश्चरेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. ले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान गरेको छ । संस्थाले नवनिर्वाचित पथरी शनिश्चरे नगरपालिका भित्रका आफ्ना ७ जना सेयर सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको हो ।

नव निर्वाचित जनप्रतिनिधिहरु पथरी शनिश्चरे वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बू, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत सहित वडा सदस्यहरु चन्द्रकुमार राई, मनिकुमार लिम्बू, भक्तबहादुर राउत, उज्वलता बयलकोटीलाई संस्थाले सम्मानित गरेको हो । सम्मानित व्यक्तित्वहरुलाई संस्थाका अध्यक्ष धनराज राईसहित प्रमुख सल्लाहकार दिलबहादुर तामाङ र हर्कबहादुर राईले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।

लर्ड बुद्ध सहकारी संस्थाले बचत कारोवार बाहेक सेयर सदस्यका हितका लागि पेन्सन पट्टा, वृद्ध भत्ता, तिर्थटन, जन्मदिन जस्ता कार्यक्रम सुरु गर्दै सेयर सदस्यको मन जित्दै आएको छ ।
नव निर्वाचित जनप्रतिनिधिहरुले संस्थाले गरेको कार्य र समाजमा खेलेको भुमिकाको प्रसंसा गर्दै आउदा दिनमा सहकारी संग हातेमालो गर्दै अगाडी बढ्नेमा बताए । सम्मान कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार दिलबहादुर तामाङ र अध्यक्ष धनराज राईले बधाई संगै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा संस्थमको तर्फबाट ब्यावस्थापक गणेश बाछाना राईले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव महेन्द्र ढुङगानाले गर्नु भएको थियो ।

सम्बन्धित खवर