सधै जनताको सेवक बन्ने : विजय सुब्बा - Sainokhabar
  • आइतबार, साउन २२, २०७९

सधै जनताको सेवक बन्ने : विजय सुब्बा

साइनो समाचारदाता पथरी/ जेठ ११
पदभार ग्रहण गरे संगै वडावासीको सेवालाई पहिलो प्रथमीत्ता दिने वडाअध्यक्ष विजय सुब्बाले बताएका छन । मोरङको पथरी शनिश्चरे वडा नं. ३ का वडाध्यक्ष सुब्बाले जनताका लागि केहि नौलो उपहार ल्याएको बताए ।


जेठ ११ गते पद पदभार ग्रहण गर्ने क्रममा सुब्बाले वडा नं. ३ लाई हिलोरहीत अभियान अगाडी बढाउने, वृद्ध भत्ता वडाबाटै बाढ्ने प्रकृयाको सुरुवात गर्ने, सेवाग्राहीको नपुग कागजपत्रको प्रतिलिपी वडालेनै गरिदिने, एक जनप्रतिनिधी कार्यलय समयमा वडाकार्यलयमा अनिवार्य रहने र स्वास्थ, शिक्षा, कृषी र पर्यटनमा जोड दिने बताएका छन ।

बैशाख ३० गतेको निर्वाचनबाट निर्वाचीत जनप्रतिनीधीलाई १० गते मंगलबार नवनिर्वाचित नगर प्रमुख मोहनप्रसाद तुम्वापोले सपथ ग्रहण गराएका थिए । ११ गते देखि नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरुले आफ्नो कार्यआरम्भ सुरु गरेका छन ।

सोहि क्रममा वडाहरुले आ–आफ्नो वडामा पद हस्तान्तरण गरेका छन । बाजा गाजा सहित वडामा स्वागत तथा विदाई कार्यक्रमहरु भएका छ । वडा नं. ३ ले निवर्तमान अध्यक्ष डम्बर चेम्जोङंले नवनिर्वाचित अध्यक्ष विजय सुब्बालाई पद हस्तान्तरण गरेका हुन ।

सुब्बाले नगरवासीलाई विना झन्झट सेवा प्रवाह गर्दे नगर र वडाको गरिमामा आच आउन नदिने बताए । सुब्बाले वडाको हितका लागि सबैको साथ र सहयोगको अपेक्ष समेत गरेका छन । वडा नं. ३ बाट वडाध्यक्षमा विजय सुब्बा सहित सदस्यमा चन्द्र प्रकाश चेम्जोङ, टंक प्रसाद पराजुली, झन्केश्वरी अधिकारी र सम्झना नेपाली सहितको नेपाली काग्रेसको प्यानलनै विजयी भएको छ ।

सम्बन्धित खवर