मतदाताको मनमनमा मनकुमारी - Sainokhabar
  • बुधबार, साउन २५, २०७९

मतदाताको मनमनमा मनकुमारी

कानेपोखरी , २५ बैशाख । मनकुमारी गुरुङ कानेपोखरी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष पदको उम्मेद्वार छिन् ।

उनको मत माग्ने शैलीले धेरैलाई स्तब्ध बनाउँछ । उनी उमेर समूह अनुसार नाता जोड्छिन् र भन्छिन–‘आमा नमस्कार । रुख चिन्हमा उठेकी छु , भोट माग्दै आएकी । तपाईहरू कै छोरी हुँ , गाउँ कै बुहारी भएकी छु । यस पटक सहयोग गर्नु प¥यो । तपाईहरूको दुख सुखमा हिजो पनि थिएँ । अब पनि सधैं तपाईहरूको सुख दुख मै रहन्छु । नेपाली कांग्रेसकी नेतृ मनकुमारी गुरुङको दैनिकी यतिबेला यही शैलीमा बितिरहेको छ ।

बैशाखकाे प्रचण्ड घाम,पछ्याैराले पसिना पुछ्दै उनी घरदैलोमा पुगिरहेकी छिन् । उनको यो शैलीले धेरैलाई गलाएको छ । उनी न आश्वासनको पोको बाढ्छिन ,न गर्नै नसकिने काममा प्रतिवद्धता जनाउँछिन् ।उनी भन्छिन–श्रीमान् मरेको वर्षदिन नपुग्दै राज्यले एकल महिला भनेर सामाजिक सुरक्षा भत्ता दिन्छ । देशमा तीन तहको सरकार बनेको छ । तर,वर्षौं देखि श्रीमान बेपत्ता भएर एकल जीवन बिताइरहेका महिलालाई कुनै सरकारले सम्बोधन गरेको छैन् । कसैका पति द्वन्द्वका क्रममा बेपत्ता भएका छन् । काेही कामकाे खाेजिमा मुग्लान जाँदा उतै हराएका छन् । त्यसैले १५ वर्ष देखि श्रीमान बेपत्ता भएका महिलालाई गाउँपालिकाले नै कार्य विधि बनाएर स्वरोजगारका लागि बीऊ पुँजी प्रदान गर्नेछ । उनले थपिन – त्यस्ता आमा दिदी बहिनीहरूलाई कम्तीमा सानो ब्यापार गरेर आफ्नो खुट्टामा उभिन सक्ने बनाउने छु।

उनी जात, धर्म, लिङ्ग र वर्णका आधारमा मात्र होइन् दलीय आस्थाका आधारमा पनि कसैलाई पनि विभेद नगर्ने बताउँछिन् । उनले भनिन्–हिजो न्याय माग्न जानेहरूले कुनै अमुक दलको टिकट लिएर गाउँपालिका छिर्नु प¥थ्यो । उनले दोहो¥यार भनिन्– रुख चिन्ह लिएर जिते पनि न्याय निरुपणमा राजनीतिक रङ्ग भर्ने छुइन ।उनको माइती गाउँ कानेपोखरी –५ को जहदा हो ,घर कानेपोखरी–६ को रमाइलो बजार । उनले कलिलो उमेरमा पति बियोगको पीडा ब्योहोर्नु प¥यो । पति बियोगको पीडा त छदैँ थियो । त्यहीँ माथि सयौं विद्यार्थीको भविष्य डोहो¥याए पतिले सञ्चालन गरेको विद्यालयलाई निरन्तरता दिने चुनौति पनि थियो ।तर, मनकुमारी गुरुङको मन बिचलित भएन । केहीले बिद्यालयलाई अस्थिर बनाउने प्रयास गरे । उनले सबै खाले आक्रमणको डटेर सामना गरिन ।

विद्यालयको मर्यादालाई जोगाएर राखिन । उनी भन्छिन– कसैसँग याचना गरेर गएको भए सानो तिनो जागिर लगाइदिन्थे होला । मैले न कसैसँग जागिर मागें । न अवसरको खोजिमा गाउँ छोडेर हिडें । ६/७ सय विद्यार्थीको भविष्यसँग म जोडिएकी थिएँ । मैले आफ्नै पौरखले आफ्नो शैक्षिक प्रतिष्ठानको गोडमेल गरें । यही २/४ पैसा आम्दानी गर्ने बाटो तयार गरें । आज ३० जना भन्दा बढीलाई रोजगार प्रदान गरेको छु । पीडा र संघर्षलाई नजिकबाट पढें । एकल जीबन भोगें । अब राजनीतिका माध्यमबाट सामाजिक कामको यात्रामा निस्केकी छु ।उनले आफ्नो बिगत सुनाउँदै भनिन।

मनकुमारी सादगी छिन् । थोरै बोल्छिन् । जे बोल्छिन् ,त्यो गर्छिन । जति काम गरेकी छिन् । कसैले उनी माथि औंला उठाएका छैनन् । आज पनि २०/२५ जना विपन्न विद्यार्थीलाई छात्रवृति प्रदान गरेर आफ्नो विद्यालयमा पढाइरहेकी छिन् । उनी थप्छिन–सबैलाई सहयोग गर्न नसके पनि कसैलाई असहयोग गरेकी छैन् । कसैको सीमानाको किलो सारेकी छैन् । कसै बिरुद्ध उजुरी हाल्न प्रहरीको ढोका पुग्नु परेको छैन ।मनकुमारीका एजेण्डा स्पष्ट छन् । गर्न सकिने काम बाहेक उनले केही बोलेकी छैनन् । उनी भन्छिन्–छात्राहरूका लागि विशेष कार्यक्रम ल्याउने छु । ति कार्यक्रम महिला हिंसा बिरुद्धका, स्वावलम्वनका र महिलाको आत्मसुरक्षाका हुनेछन् ।

भोट माग्ने क्रममा वृद्ध आमा बुबालाई भेटें । उहाँहरूले ७० वर्षको उमेर पार गर्दा सम्म नागरिकता नपाएको गुनासो गर्नुभयो । उहाँहरूका कुरा सुन्दा देशमा स्थानीय तहको सरकार नभएको अनुभुति गरें । ती गुनासा सुन्दा मलाई चिन्तित बनायो । सँगैका संगीहरू मासिक ४ हजारका दरले ३ महिनामा १२ हजार रुपैयाँ बुझ्दा रहेछन् । तर, जसलाई सामाजिक सुरक्षा भत्ताको आवश्यकता पर्छ । त्यही वर्गका आमा बुवाहरू सँग नागरिकता छैन् । नागरिकता नभए पछि सामाजिक सुरक्षा भत्ता नपाइने । उनले आफू निर्वाचित भएर सबैभन्दा पहिले बंसजको नागरिकता पाउने आधार भएका वृद्ध आमा बुबालाई नागरिकता दिलाउने ग्यारेन्टी गरिन ।

सम्बन्धित खवर