'इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग'को फाइनलमा द रियल ब्रदर्श प्रवेश - Sainokhabar
  • शनिबार, असार १८, २०७९

‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को फाइनलमा द रियल ब्रदर्श प्रवेश

‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को फाइनलमा द रियल ब्रदर्श एफसी प्रवेश गरेको छ ।
दोस्रो संस्करणमा सुरुवातदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको ब्रदर्शले फाइनलको यात्रा तय गरेको हो । आज बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा द रियल ब्रदर्शले शिखर एफसी माथि शुन्यको विरुद्ध १ गोल गर्दै न्यू स्टार एफसीसँगको फाइनल खेलको भेट पक्का गरेको हो । हिजो बुधबार भएको खेलमा टेन नवोदयलाई २-१ गोल अन्तरले पराजित गर्दै न्यु स्टारले फाइनलको यात्रा तय गरेको थियो । जितका लागि रियलका तिर्थराज बस्नेतले ३६ औं मिनेटमा गरेको एक मात्र गोल पर्याप्त बन्यो ।
शिखरको डिफेन्सहरु बिच एकआपसमा तालमेल नमिल्दा बस्नेतले गोल गर्न सफल भए । खेलको सुरुवातदेखि नै शिखरमाथि द रियलले दबाबमा राखेको थियो । द रियलका दुई सशक्त खेलाडीहरू सेनेहाङ लिम्बु र समिर याक्खा घाइते हुँदै खेल मैदान छाड्न बाध्य भएका थिए । यस्तैगरी दोस्रो हाफको अन्त्यतिर शिखरले दुई वटा निक्कै राम्रो अवसरहरु गुमाउन पुग्दा हार बेहोर्नुपरेको हो । खेलको म्यान अफ द म्याच विजयी टिम द रियलका एक मात्र निर्णायक गोलकर्ता तिर्थराज बस्नेत घोषित भए ।
प्रतियोगिताको फाइनल खेल न्यू स्टार एफसी र द रियल ब्रदर्श बिच शनिबार हुने आयोजकका संयोजक संजिव गिरीले जानकारी दिए । यसअघि फागुन २२ गते द रियल ब्रदर्श र न्यू स्टार एफसी आमने सामने भइसकेका छन् । सो खेलमा द रियल ब्रदर्शले शुन्यको विरुद्ध ३ गोल गर्दै न्यू स्टारमाथि सानदार जित दर्ता गराएको थियो ।

सम्बन्धित खवर